संसदमा एमसीसी पेश भएको बिरुद्धमा विप्लव युवा संगठनद्वारा सत्तापक्ष र प्रतिपक्षीय नेताको पुत्ला दहन


कञ्चनपुर : संसदमा एमसीसी पेश भएको बिरुद्धमा नेकपा विप्लव निकट युवा संगठनले कञ्चनपुरमा सत्तापक्ष र प्रमुख प्रतिपक्षीय दलका नेताहरुको पुत्ला दहन गरेको छ । आइतबार दिउँसो संसदमा विवादित एमसीसी पेश भएको थियो । साँझ युवा संगठन नेपाल कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले राष्ट्रघाती सम्झौता संसदमा पेश गरेको बिरोधमा सत्ता पक्षीय सहित प्रमुख प्रतिपक्षीय दल एमालेका प्रमुखको पुत्ला दहन गरिएको बताए ।

उनका अनुसार आइतबार साँझतिर भीमदत्त नगरपालिका १० क्षेत्रमा सरकार प्रमुख समेत रहेका काँग्रेस सभापति शेर बहादुर देउवा सहितका प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), जसपा नेता डा. बाबुराम भट्टराईको पुल्ला हदन गर्दै एमसीसी खारेजीको माग अघि सारेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img