महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था र महिला अधिकारकर्मीहरु बिच त्रैमासिक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


महेन्द्रनगर : महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था र महिला अधिकारकर्मीहरु बिच त्रैमासिक बैठक तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार महेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकारको लागि महिला एकल महिला समुह (डब्लूएचआर) कञ्चनपुर ओ आयोजनामा नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता परियोजना अन्तरगत कार्यक्रम गरिएको हो । संस्थाद्धारा यस त्रैमासिक अवधीमा सम्पन्न कार्यक्रमबारे जानकारी प्रदान गर्ने, महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था बिच समन्वय र सहकार्य गर्ने तथा महिला अधिकारकर्मीकालागि धनगढीमा आयोजना गरिन लागेको महिला अधिकार मञ्च चार दिने दिने प्रादेशिक तालिम कार्यशालाकालागि पारदर्शि र सहभागिता मुलक बिधिबाट तिन जना सहभागि प्रतिनिधि छनौट गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक बिर बहादुर नेपालीले बताए ।

कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालका उपाध्यक्ष लक्ष्मी बोहरा, माईति नेपालका कार्यक्रम संयोजक महेश्वरी भट्ट, निड्स नेपालका अध्यक्ष अन्जु जोशी भट्ट, दलित महिला संघका अध्यक्ष लक्ष्मी बिक, गैरसरकारी संस्था महासंघका सदस्य लक्ष्मी चन्द लगायत का अधिकारकर्मीहरुले आफ्नो धारणा ब्यक्त गरेका थिए । कार्यक्रमा यस त्रैमासिक अवधीमा संस्थाद्धारा सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गर्र्दै अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरबिच समन्वय सहकार्यका बिषयहरु पहिचान गरिएको थियो । डब्लुएचआर कञ्चनपुरका अध्यक्ष जानकी जोशीको अध्यक्षता तथा सचिव रमा पन्त को सञ्चालनमा सुरु भएको कार्यक्रमको सहजीकरण नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता परियोजना का जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपाली ले गरेका थिए । कार्यक्रममा महिला अधिकारका क्षेत्रमा कार्यरत चौध ओटा संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img