कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरका युवा नेता कृष्ण कुमार रोकायाले छोरोको जन्मदिनको अवसर पारेर अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन । एमाले बेलडाँडीका गाँउ कमिटि सदस्य समेत रहेका पुर्व विद्यार्थी नेता एव निर्वतमान राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रोकायाले छोरा प्रतिक रोकायाको ८औँ जन्मदिनको अवसर पारेर अनाथ बालबालिकालाई खाद्यान्न एव फलफुल वितरण गरेका हुन ।

एमाले नेता रोकायाले महाकाली बाल अञ्चल अनाथालयमा बस्दै आएका बालबालिकालाई दाल, चामल, नुन तेल, तरकारी लगायत फलफुल र मिठाई वितरण गरेका छन । रोकायाका बाबु प्रतिक सहितको उपस्थितिमा अनाथालयमा खाद्यान्न एव फलफुल समाग्री हस्तान्तर गरिएको छ । एमाले नेता रोकायाले समाजिक कार्यका लागि बाबुको जन्मदिनको अवसरमा सानो सहयोग गरेको बताए । खाद्यान्न एव फलफुल सहयोग गरेको भन्दै अनाथालयले एमाले युवा नेता रोकायाप्रति आभार प्रकट गरेका छन ।







