बाजुरामा सुत्केरी महिलाहरुको मृत्यु दर बढदो


महेन्द्रनगर: बाजुरामा सुत्केरी महिलाहरुको मृत्यु दर बढदो क्रममा रहेको पाईएको छ । विगत ३ बर्षमा ८ जना सुत्केरीको अकालमै मृत्यु भएको छ । समयमै उपचार नपाउदा बाजुराका महिलाले अकालमै ज्यान गुमाउनु परेको हो । २०७६ सालमा ५ जना, २०७७ सालमा १ जना र २०७८ मा २ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यलय बाजुरासँग भने यसको पुरा तथ्याङ्क नरहेको पाईएको छ । २०७६ सालमा मृत्यु हुनेमा जगन्नाथ गाउपालिका ५ गोत्री बस्ने ३५ वर्षियका पुल्ती रावल, बडिमालिका नगरपालिका ७ जिल्लीकी बसन्ती नेपाली, बुढिनन्दा नगरपालिका १० पाण्डुसेनकी ३५ बर्षिय निर्मला बोहाराको भएको छ ।

त्यस्तै त्रिवेणी नगरपालिका १ छताराकी ३७ वर्षकी रेजीया नेपाली, बुढिगंगा नगरपालिका ७ झालि बस्ने २० बर्षकि कमला उखेडको मृत्यु भयो । २०७७ सालमा बुढिनन्दा नगरपालिका ४ कुरुमा २३ वर्षिया अम्बकला रोकायाकाको मृत्यु भएको थियो । सुत्केरी हुन नसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजादै गर्दा बाटोमा २३ वर्षिया अम्बकला रोकायाका मृत्यु भएको हो । २०७८ साल साउन महिनामा त्रिवेणी नगरपालिकाको किम्नीकी २० बर्षिय जौलादेवी बिक बच्चा पाएको १० दिन पछि अत्याधिक रक्तस्राबको कारणले मृत्यु भयो ।

गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको खड्काले वताए । अर्को सुत्केरी भएको बेला आरम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले वताए ।


ताजा समाचार

spot_img