कञ्चनपुर: नेकपा एकीकृत समाजवादी पाटीले कञ्चनपुरको शुक्लाफाँटा नगर क्षेत्रमा रहेका १२वटै वडाहरुमा कमिटि विस्तार गरेको छ । समाजवादी पार्टी निकट विद्यार्थी नेता प्रज्वल कुँवरले अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त आफ्नो गृहनगर आउने वितिकै पार्टीका गतिबिधी बृद्धि गरेको बताए । उनका अनुसार शुक्लाफाँटा नगरमा एमालेका केही वडाहरु समाजवादीमा समाहित भएका छन ।

भने अधिकाँस नेता कार्यकर्ता समाजवादीतिरै खुलेको बताए । समाजवादीले शुक्लाफाँटा नगरका सबै वडाहरुमा संगठन व्स्तिार गरेको छ । जस अनुसार १ ंगगा विष्ट, २ लक्ष्मीदत्त जोशी, ३ कपिन्द्र बम, ४ शुजना भण्डारी, ५ सरला विष्ट, ६ दिनेश भण्डारी, ७ हरिस विष्ट, ८ दिल बहादुर बुढा, ९ प्रजित चदारा, १० जोगीसिह सोब, ११ जय बहादुर विष्ट र ११ बच्चन राना रहेका छन ।

नेकपा एकीकृकत शुक्लाफाँटा नगरका अध्यक्ष हरिस विष्ट, समाजवादीका राम अवतार राना, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, अनेरास्ववियूका नेता प्रज्वल कुँवर सहितका स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा संगठन विस्तार गरिएको हो । नेकपा एकिकृत समाजवादी शुक्लाफाँटा नगरले राष्ट्रघाती सम्झौता खारेजीका लागि शसक्त कार्यक्रम र पार्टीलाई चुस्त दुरुस्त बनाउने घोषणा गरेको छ ।







