डोटी: डोटीको पुर्वीचौकी गाउँपालिकामा मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नामक संस्थाले ३ महिने नि:शुल्क कम्प्युटर कोर्ष सञ्चालन गरेको छ । सोमबार पुर्वीचौकी गाउँपालिका-४,सानागाउँ स्थित सरस्वती माध्यमिक बिधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ३ महिने नि:शुल्क कम्प्युटर कोर्षको उद्घाटन गरेको हो । साईन नेपालका अध्यक्ष भक्तराज जोशीको सभाध्यक्ष तथा पुर्वीचौकी गाउँपालिका-३ का वडाध्यक्ष अमर चयडाको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रममा पुर्वीचौकी गाउँपालिका-२ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र पुर्वीचौकी गाउँपालिका-४ का वडाध्यक्ष नवराज खड्काको बिशिष्ट आतिथ्य रहेको थियो ।

भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीराम कुवर लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै वडाध्यक्ष चयडाले अहिलेको युगमा कम्प्युटरको ज्ञान अति आवश्यक रहेको र सिपको सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई अनुरोध गरेका थिए । त्यस्तै विशिष्ट अतिथीको तर्फबाट वडाध्यक्षद्वोयले पुर्वीचौकी प्रती संस्थाले देखाएको सहयोगको उच्च मुल्यांकन गर्दै कोर्षले सोचेभन्दा बढी प्रशिक्षार्थीले लाभ लिनेछन भन्ने विश्वास रहेको बताए । त्यस्तै संस्थाका अध्यक्ष भक्तराज जोशीले आफुले अहिले विद्यार्थीहरुका कम्प्युटर प्रविधिमा दक्ष बनाउने उद्देश्यले ३ महिने कम्प्युटर कोर्ष तालिम पुर्वीचौकीमा ल्याएको जानकारी दिए ।

प्रत्येक वर्ष धनगढीमा नि:शुल्क रुपमा १ सय ५० जना भन्दा बढी विद्यार्थीलाई बिना कुनै स्वार्थमा बेसिक र डिप्लोमा कोर्ष दिदै आएको उनको भनाई छ । तालिममा सहभागी प्रशिक्षार्थीहरुले सरकार नै उदासीन रहेको अवस्थामा संस्थाका अध्यक्षले हाम्रो उज्ज्वल भविष्य निर्माणमा देखाएको चिन्ता प्रति आफूहरु निकै हर्षित भएको बताए । ४० जना प्रशिक्षार्थी सहभागी रहेको कम्प्युटर कोर्षको प्रशिक्षणका लागि संस्थाले स्थानीय शिक्षक रुप खड्कालाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत सञ्चालन भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीराम कुवरले स्वागत मन्तव्य राखे भने कार्यक्रमको सञ्चालन बिद्यालयका प्रधानाध्यापक उद्धव बहादुर खड्काले गरेका थिए ।

