समाजसेवा संगै राजनीतिक आरोहमा कांग्रेस नेतृ भट्ट

महेन्द्रनगर : सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । नेता कार्यक्रता संगै जनतामा वडा देखि पालिकमा सम्म विभिन्न पदका लागि पार्टीबाट टिकट पाउने बिषयले प्राथमिकता पाएको छ । आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र एकिकृत समाजबादीबाट मेयर र उपमेयर पदका लागि उम्मेदवारी घोषणा गर्ने नेताहरुको जमात बाक्लो छ । भीमदत्तमा खासगरी नेपाली कांग्रेसबाट मेयर र उपमेयरको पदका दाबेदारहरु माथी अन्य राजनीतिक दलका नेता कार्यक्रताहरुले समेत निकै चाँसो दिएको पाइन्छ ।

कञ्चनपुरमा नेपाली कांग्रेसका महिला नेतृहरुको भीडमा नितु भट्ट भण्डारी परिचित नाम नै हो । नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिमा १४ औं नगर अधिवेशनबाट निर्वाचित नगर सचिव हुन्, नितु भट्ट । ०७९ बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा कांग्रेस नेतृ भट्टले भीमदत्तबाट उपमेयर (नगर उपप्रमुख) मा पार्टीले अवसर दिए आफु तयार रहेको बताएकी छिन् । ०५२ साल देखि सिद्धनाथ बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेकी कांग्रेस नेतृ भट्टले अर्थशास्त्र र समाजशास्त्र गरेर २ बिषयमा स्नातकोत्तर गरेकी छिन् । विद्यार्थी जीवनकाल देखि नै नेपाली कांग्रेस प्रेमी नितु भट्ट ०५६ देखि नै समाज सेवा संगै सक्रिय राजनीतिमा होमिएकी हुन् । नेपाल ट्रेड यूनियन महिला संघ सुदूर पश्चिम प्रदेशको सचिव र क्षेत्रीय समिति सदस्य समेत हुन्, उनी । राजनीति संगै कांग्रेस नेतृ भट्टले संजीवनी नेपाल नाम संस्था पनि २ दशक देखि सञ्चालन गर्दै आएकी छिन् । अधिकांश समय सामाजिक सेवामा समर्पित गर्ने नेतृ भट्ट नेपाली कांग्रेसले मुल्यांकन र क्षमताका आधारमा आफुलाई न्याय गरे भीमदत्तबाट उपमेयरको लागि चुनाव लड्ने बताउछिन् । ‘पार्टी र पालिका चलाउनका लागि उद्देश्य, विचार क्षमता हुनु पर्छ, यदी पार्टीले मलाई विश्वास गर्छ भने, म त्यसका सक्षम छु ।’ कां्रग्रेस नेतृ भट्टले भनिन् ।

पार्टीले मुल्यांकन गरेर आफु भन्दा कोही सक्षम महिलालाई टिकट दिए पनि सहर्ष स्विकार गर्ने उनले बताइन् । ‘उपमेयरका लागि मेरो पनि इच्छा हो, यदी पार्टीले म भन्दा सक्षम महिलालाई टिकट दियो भने, त्यो पनि म सहर्ष स्वीकार गर्छु, पार्टीको निर्णय अंगिकार नै गर्नु पर्छ ।’ उनले भनिन् । मानव अधिकारका क्षेत्रमा समेत काम गर्दै आएकी कांग्रेस नेतृ भट्टले १५० भन्दा बढी नेतृत्व विकास सम्बन्धि तालिमहरुमा सहभागी र कार्यक्रम सञ्चालन गरेकी छिन् । नेतृ भट्टले अमेरिकाद्वारा सञ्चालित एक महिने (आइभीएलपी) इन्टरनेश्नल भिजिटर लिडरसिप प्रोग्राममा पनि नेपालका तर्फबाट सहभागिता जनाएकी छिन् । विश्वका ९ ओटा देशहरुबाट १/१ जना माग गरिएकोमा नेपालबाट कांग्रेस नेतृ भट्टले एक महिने उक्त तालिममा सहभागिता जनाएकी थिइन् ।

कांग्रेस नेतृ भट्टले पार्टीले आफुलाई उपमेयरको टिकट दिए चुनाव जित्ने दाबी गरेकी छिन् । वर्षौ देखिको समाजिक कार्य, पार्टी प्रतिको योगदान र योग्यता क्षमताका आधारमा उनले पार्टीले आफुलाई एक पटक अवसर दिनुपर्ने तर्क राखेकी छिन् । २ दशक देखि कांग्रेस नेतृ भट्ट हिंसामा परेका महिला, बालबालिकाहरुको हकहितको पक्षमा पहल पैरवी गर्नुका साथै उनीहरुको हक अधिकारको सुनिश्चताका लागि काम गदै आएकी छिन् । लैंगिक हिंसा, शिक्षा, स्वास्थ्य, गरिबी, लगाएतका बिषयमा कांग्रेस नेतृ भट्टको संस्था संजीवनीले जोड दिँदै आएको छ ।

ताजा समाचार