कञ्चनपुर : किरियापुत्री दलित पत्रकार कृष्ण दमाईको परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरकी नेतृ हेलन श्रेष्ठले खाद्यान्न सहयोग गरेकी छिन । आर्थिक रुपमा अति विपन्न दलित पत्रकार दमाईका बाबुको गत १९ माघमा निधन भएको थियो । पारिवारिक आर्थिक अवस्था निकै दयनिय भएकाले समाजिक कार्य गर्ने उदेश्यले समाजसेवी महिला अगुवा समेत रहेकी राप्रपा नेतृ श्रेष्ठले पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेकी हुन ।

राप्रपा महिला संगठन जिल्ला उपाध्यक्ष समेत रहेकी श्रेष्ठले पत्रकार दमाईको निवास भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरमै पुगेर खाद्यान्न सहयोग गरेकी हुन । चामल, दाल नुन र तेल सहयोग गरेकी छिन । आर्थिक रुपमा विपन्न पत्रकार दमाईको परिवारलाई केही राहत पुगोस भन्ने उदेश्यका साथ राप्रपा नेतृ श्रेष्ठले आर्थिक सहयोग गरेकी हुन । खाद्यान्न सहयोगमा राप्रपा नेतृ धर्मपती समाजसेवी दिनेश श्रेष्ठ समेत सहभागि भएका थिए । आर्थिक रुपमा विपन्न त्यसमा दलित समुदायका पत्रकारलाई बाबुको निधनले एकातिर शोकमा डुबेका छन । भने अर्कातिर आर्थिक रुपमा किरियागर्न संकट परेका बेला सहयोगी दाताबाट केही राहत पाएपछि दमाई परिवार हर्षित भएका छन ।

दलितकै नाममा दलितले गैर सरकारी संस्था चलाउने, दलितको नाम बेचेर खाने आज एक दलित परिवारमा संकट पर्दा दलित समुदायबाट सहयोग सद्भाव नै नपाईएको दमाई परिवारको दुखेसो छ । दलितका नाममा कमाउने आर्थिक रुपमा बलियो बन्ने तर, एक दलित परिवारमा यस्तो संकट पर्दा आर्थिक भौतिक त परै जावस समान्य सद्भाव समेत देखाउन कुनैपनि दलित अगुवा नेता पत्रकार विपन्न दलितको घरमा नआएको आफुहरु दलितबाटै अपहेलित भएको उनीहरुको गुनासो छ । पत्रकार दमाईका बाबुको निधनमा गैर दलित घरमा किरियापुत्रीलाई भेट्नेदेखि सक्दो सहयोग एव सद्भाव देखाएको दमाई परिवारको भनाई छ । दुखतमा साथ सर्मथन दिने सबै महानुभावप्रति दमाई परिवारले आभार प्रकट गरेका छन ।

