महेन्द्रनगर : कञ्चनपुरको निड्स नेपालद्धारा भीमदत्त नगरपालिका–९ खल्ला–मसेट्टीस्थित बाढी प्रभावित परिवारलाई पोषण सामाग्री र डिग्निटी किट वितरण गरि गरेको छ । आईतबार एक कार्यक्रमबा बिच निड्स नेपालका कार्यसमिती सदस्य ज्योती कुमारी रसाईलीसहितको टोलीले ८७ जनालाई डिग्निटी किट र ७६ जनालाई पोषण सेट हस्तान्तरण गरेको हो । निड्स र अक्सफाम नेपालको साझेदारीमा सञ्चालित बाढी प्रतिकार्य परियोजनामार्फत उक्त सामाग्री वितरण गरिएको परियोजनाका वास अधिकृत गणेश भूलले बताए ।

उनका अनुसार पोषण सेटमा एक/एक के.जी. चना, भटमास, सेतो सीमी, घिउँ र एक क्यारेट अण्डा रहेको छ । त्यस्तै डिग्निटी किटमा साबुन, दन्त मझन, ब्रुस, स्यानिटरी प्याड, मास्क, स्यानिटाईजर, न्यानो सुईटर, तौलिया लगायको सामाग्री रहेको वास अधिकृत भूलको भनाई छ । बाढी प्रभावितलाई राहत स्वरुप पोषण र डिग्निटी किट वितरण गरिएको उनले बताए । भीमदत्त–९ का वडा सदस्य रमा देवि पालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी निड्स नेपालका कार्यसमिती ज्योती कुमारी रसाईली रहेकी थिईन् । कार्यक्रममा निड्सका दिपेन्द्र चाैधरी, भागरथी कुवर र पवन भट्टलगायतको सहभागीता रहेको थियाे । निड्सले भीमदत्त लगायत जिल्लाका अन्य स्थानीय तहमा रहेका बाढी प्रभावितलाई परियोजनामार्फत सहयोग गर्दै आईरहेको छ ।

