राजमार्ग नेपाली सेनाको प्रयासमा खुलाईदै

महेन्द्रनगर : बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्ग नेपाली सेनाको सहयोग खोल्ने कार्य भई रहेको छ । लगातारको बाक्लो हिमपातका कारण अवरुद्ध बनेको राजमार्ग नेपाली सेनाले सञ्चालन गर्ने प्रयास गरिरहेको हो ।

नेपाली सेनाका एक सय बढी सैनीक जवानलाई हिउँ पन्छाउन लगाएको रणबम गण दह व्यारेक डडेल्धुराका गणपति बालमुकुन्द थापाले जानकारी दिएका छन् । शुक्रबार पनि दिनमा हिउँ पन्छाउने काम गरेको र साझँ १७ बस पास गरेको उनले बताए । सडक सुचारु गर्ने यहाँका स्थानीय र सडक डिभीजनका डोजरहरु प्रयोग गरीएको छ । शनिवार दिउँसो सम्म सडक खुल्ने अनुमान गरिएको उनले बताए ।

त्यस्तै, हिमपातकै कारण अवरुद्ध भएको डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गमा हिउँ पन्छाइएको भए पनि ढुंगा खस्दा फेरी अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । ढुंगा हटाउन डोजर गइरहेको र केही बेरमै उक्त राजमार्ग सञ्चालनमा आउने बताइएको छ ।

ताजा समाचार