आर्थिक र राजनीतिक प्रलोभनमा सुुप विश्वविद्यालयमा नियम विपरित भर्ना गरिएका नियुक्ती खारेजी गर्नुपर्छ : अनेरास्ववियू


कञ्चनपुर: अनेरास्ववियू कञ्चनपुरले आर्थिक, राजनीतिक प्रलोभनमा सुदुरपश्चिम विश्वविद्यालयमा नियम विपरित भर्ना गरिएका पदाधिकारीको नियुक्ती खारेजी नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएको छ । बिहीबार अनेरास्ववियू कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै आर्थिक, राजनीतिक प्रलोभनमा सुदुरपश्चिम विश्वविद्यालयमा नियम विपरित भर्ना गरिएका पदाधिकारीको नियुक्ती खारेजी नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएको हो ।

नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विश्वविद्यालयले परीक्षाको बिना आधार दोब्बर तेम्बरसम्म शुल्क बृद्धि गरी कमाईखाने भाँडो बनाउन चाहेको, अनलाईन परीक्षामा आफु निकटलाई उर्तिण, गैर कानुनी करार नविकरण, कर्मचारी भर्ती केन्द्र बनाएको जस्ता आरोप लगाएको छ । आफु अनुकुल ऐन नियमावली संशोधन गरेर विश्वविद्यालय धरापमा पार्दै गएको गुनासो गरेको छ ।

पुस्तकालको उचित व्यवस्थापन, दोहोरो प्राध्यापन अन्त्य, परीक्षा नियन्त्रक कार्यालयबा संचालन परीक्षाको दुई महिना भित्रै नतिजा प्रकासन गर्नुपर्ने माग अघि सारेको छ । अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले हस्ताक्षर गरेको विज्ञप्तीमा संगठनले अघि सारेका माग पुरा नगरे आन्दोलनको चेतावनी दिएको छ । सुप विश्वविद्यालयमा बेथिति बढ्दै गएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img