मलुबेला–गुलरिया–धनगढी सडक निर्माणमा ठेकेदारले ठग्यो पाँच बर्षसम्म पनि सडक बनाएन

पूर्वाधार कार्यालयको एक्सन पेटी ठेकेदारबाट ठेक्का खोसेर मुल ठेकेदारलाई जिम्मा


कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकादेखि दक्षिणी गाँउ भएर सिधै कैलालीको धनगढी जोड्ने कृषि सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापर्बाही गरेको छ । पाँच बर्षसम्म पनि निर्माण कम्पनीले उक्त सडक कालोपत्रे गर्न सकेको छैन । सडक निर्माण नहुँदा स्थानीय किसान सहित नागरिक मारमा परेका छन । कृषि उपजका बस्तु धनगढी बजार लैजान अन्य कामकाजका लागि नागरिकले सास्ती खेप्नु परेको छ । ०७३ सालमा तत्तकालिन सडक डिभिजन कार्यालयसंग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवा कम्पनीले ३ बर्षभित्रै सडक निर्माणका लागि सम्झौता गरेको थियो । कुल २५ करोड ४२ लाखमा १६ करोड, ३३ लाखमा सम्झौता गरेको थियो ।

तीन पटक म्याद थप गर्दा समेत निर्माण कम्पनीले सडक बनाउन सकेन । अहिले अन्तिम ०७८ चैत्र मसान्तसम्म रहेको छ । २३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको कम्पनीले हाल बेस मात्रै निर्माण गरेको छ । भने ५ किलोमिटर कालोपत्रे गरेपनि गुणस्तहिन भएको भन्दै त्यसलाई पूर्वाधार विकास कार्यालयले स्वीकार गरेको छैन । उक्त सडक निर्माणको मुख्य जिम्मा पाएको स्वच्छन्दता निर्माण कम्पनीले महाकाली गौरब बिल्र्डसलाई जिम्मा दिएको छ । सव निर्माण व्यवसायी(पेटी ठेकेदार)ले उक्त सडक निर्माणका लागि भन्दै क्रसर उद्योग खोेलेपनि तोकिएको समयमा सडक निर्माण नहुँदा स्थानीयले निर्माण कम्पनीबाट ढुङगा बेच्ने काम भएको बताएका छन ।

स्थानीय दिल ब. देउवाले निर्माण कम्पनीबाट सरकारले डण्डा बजाउन नसकेपछि ठकेदारले लार्पबाही गरेको बताए । ‘ठेकेदारले सरकारसंग गरेको सम्झौता गरे अनुरुप काम गरेन, ‘उनले भने, ‘ठेकेदार सडक बनाउनु भन्दा पनि क्रसर उद्योग खोलेर ढुङगा बेच्न व्यस्थ रह्यो ।’ काम नगर्ने ठकेदारमाथि सरकारले कार्बाही गर्नुपर्ने बताए । सव निर्माण कम्पनी महाकाली गौरब विल्र्डसका संचालक प्रमानन्द कपाडीले मौषम, कोभिड लगायतका विवित कारणबाट ढिलासुस्ती भएको बताउँदै आएका थिए । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी हेमराज भट्टले संघीय कार्यालयबाट प्रदेश कार्यालयमा स्वामित आएको उक्त सडक निर्माणको सव निर्माण कम्पनीबाट खोसेर मुख्य निर्माण कम्पनीलाई जिम्मा दिएको बताए । पूर्वाधार विकास कार्यालयका ईन्जिनियर समेत रहेका सुचना अधिकारी भट्टले सव निर्माण व्यवसायी महाकाली गौरब विल्र्डसको धरौटी बार्फत बैंक ग्यारेन्टी बाफतको २६ लाख रुपैया जफत गरेको बताए ।

‘काममा ढिलासुस्ती गरेको सव कन्ट्याक्टरको बैंक ग्यारेन्टीको रकम जफत गरेका छौँ, ‘उनले भने, ‘कार्यालयले काम नगर्ने ठेकेदार बिरुद्ध एक्सनमा गएको छ ।’ सूचना अधिकारी भट्टले अब मुल निर्माण कम्पनी स्वच्छन्दता निर्माण सेवाले काम शुरु गरेको बताए । बिग्रीएको सडक समेत पुर्ननिर्माण सहित आगामी चैत्रभित्रै सडक निर्माणका लागि तोकेता गरिएको बताए । ‘अहिले मुल निर्माण व्यवसायीले नै काम गर्छ, ‘उनले भने, ‘अस्तीदेखि काम पनि शुरु गरेको छ, अबपनि ढिलासुस्ती गरेर कालोसुचिमा राख्नेदेखि ठेक्का रद्द गरिने छ ।’ उक्त सडक निर्माणमा ढिलासुस्ती हुँदा कृष्णपुरका स्थानीय नागरिक सहितका किसान मारमा पर्दै आएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img