बन्चरो प्रहार गरि छोराद्वारा बाबुको विभत्स हत्या

कञ्चनपुर :  कञ्चनपुरका एक युवकले आफ्नै बाबुको विभत्स हत्या गरेका छन । लालझाडी गाँउपालिका २ कञ्जका युवक रामविलास रानाले बाबु ठग्गु रानाको हत्या गरेको हो । अशंबण्डको विवादलाई लिएर छोराले बाबुको हत्या गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले गयराती नै रामविलास रानाले बाबु ठग्गुको घरमै बन्चरो प्रहार गरि हत्या गरेको बताए ।
बाबुको हत्या गर्ने रामविलास प्रहरी नियन्त्रणमा छन । २५ बर्षिया युवक रामविलास र ४५ बर्षिया बाबु ठग्गुविच अशंबण्डा विवादले परिवारमा झै झगडा हुँदै आएको थियो । ‘छोराको बन्चरो प्रहारबाट बाबु घरभित्रै घटना स्थलमै मृत्यु भएको थियो, ‘उनले भने, ‘घटना बारे थप अनुसन्धान गरिरहेका छौँ ।’ घरमा समान्य विवाद हुँदा रिसले आफु जेलतिर बाबुलाई स्वर्गतिर पठाएर गरेको घटनाले परिवारका अन्य सदस्यमाथि थप पिर परेको छ ।
क्षणिक आवेस सहनसक्नुका कारण राना परिवारमा ठुलो बज्रपात आएको छ । आफ्नै बाबुको विभत्स हत्या गर्नेमाथि कार्बाहीको स्थानीयले माग अघि सारेका छन ।

ताजा समाचार