जिल्ला लिग फुटवल प्रतियोगिता: लगातार दोस्रो चोटि लिग च्याम्पियन दिपज्योती


महेन्द्रनगर :अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालित जिल्ला लिग फुटबल प्रतियोगिता २०७७/०७८ अन्तर्गत दिपज्योती युवा क्लब लगातार दोस्रो चोटि च्याम्पियन बनेको छ। सोमबार कञ्चनपुर जिल्ला लिग फुटबलको फाइनल खेल रोमाञ्चक बन्न पुगेको थियो।May be an image of 6 people, people standing and outdoors खेलको पहिलो हाफको ६,१५ मिनेटमा दिपज्योतीको तर्फबाट जर्सी नम्बर ११ का करन देव पुरी ,जर्सी नम्बर १३ का भुवन जोशीले एक-एक गोल गर्दै टिमलाई अग्रता कायम राख्न सफल भएका थिए। १७ मिनेटमा युथ क्लब अफ महाकाली तर्फबाट जर्सी नम्बर १२ का गौरभ धामीले गोल गर्दै टिमलाई १-२ को स्थितिमा ल्याउन पुगेका थिए।May be an image of 2 people, people standing, outdoors and text that says 'lifecare felare care Mecare teC ANFA CUP KANCHANPUR DISTRICT LEAGUE FOOTBALL-2076 CHAMPION'

दोस्रो हाफको ६० औं मिनेटमा युथ क्लबको तर्फबाट जर्सी नम्बर १८ का आकाश चन्दले गोल गर्दै टिमलाई २-२ गोलको बराबरीमा पुगाएका थिए। खेलको ६७ औं मिनेटमा दिपज्योती युवा क्लबको तर्फबाट जर्सी नम्बर १२ का निरज एडिले गोल गर्दै टिमलाई ३-२ गोलको अग्रता कायम बनाए र खेलको निर्धारित समय ७४ मिनेटमा युथ क्लबका तर्फबाट जर्सी नम्बर १४ का सन्तोष क्षेत्रीले गोल गर्दै टिमलाई ३-३ को बराबरीमा पुगाउन सफल भए। May be an image of 5 people, people standing and outdoorsप्रतिस्पर्धात्मक रोमाञ्चक फाइनल खेल ३-३ गोलको बराबरी पछी खेलको अन्तिम निर्णय ट्राइबेकर बाट भएको थियो। जसमा दिपज्योती ५-३ गोलको अन्तरले युथ क्लब अफ महाकाली फाइनलमा पराजित हिन पुग्यो।May be an image of 8 people and people standingMay be an image of 10 people, people standing and outdoorsMay be an image of 8 people, people standing and outdoors जसको फाइदा दिपज्योती लिदै लगातार दोस्रो पटक उपाधी रक्षा गरेको छ। विजेता टिमले र उपविजेताले ट्रफी प्रमाणपत्र मेडल हात पारेको छ। May be an image of 7 people, people standing and outdoorsMay be an image of 9 people, people standing and outdoorsप्रतियोगिताको उत्कृष्ट डिफेन्स युथ क्लब महाकालीका टिम क्याप्टेन वीर धामी, सर्वाधिक गोलकर्ता को उपाधी सेक्युर्ड नेपालका टिम क्याप्टेन ज्ञानु जोशिले हात पार्न सफल भए। भने उत्कृष्ट मिडफिल्डर ,उत्कृष्ट गोलरक्षक ,उत्कृष्ट फोर्वडर दिपज्योती युवा क्लबका खेलाडी करन पाल,निरज थापा मगर र करन देव पुरि घोषित भए। उनले ट्रफी हात पर्न सफल साथै युथ क्लब अफ महाकालीका जर्सी नम्बर १४ का सन्तोष क्षेत्री उत्कृष्ट खेलाडी घोषित हुँदै हुनलाई भीम चन्दले फुटबल सुज हस्तान्तरण गर्नु भएको थियो।May be an image of 8 people, people standing and outdoors May be an image of 7 people and people standingदीप ज्योती साविकको जिल्ला लिग२०७६ को विजेता पनि हो । विजेता टीमले प्रदेश कपमा सहभागि हुन पाउनेछ । जुन कैलाली जिल्ला लिग च्याम्पियन क्लबको सामना गर्ने छ। पौष २२ गते देखि सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १४ क्लब मध्य १२ क्लबहरु को सहभागिता रहेको थियो। जसमा दुई समुहमा बिभाजन गरि लिगको आयोजना गरिएको थियो। May be an image of 5 people, people standing and outdoorsजिल्ला खेलकुद बिकास समितिका अध्यक्ष ओम बस्नेतको प्रमुख आतिथ्यमा समापन समारोहको अध्यक्षता कंचनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष गजेन्द्र राज पाण्डेय, विशिष्ट अतिथिमा लिग संयोजक चन्द्र सिंह थलाल लगायत संघमा आवद्ध संघसंस्था क्लबका प्रतिनिधिको खेल प्रेमी खेलाडीको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव रमेश चन्दले गर्नु भएको थियो। May be an image of 5 people, people standing and outdoorsनेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि खेलकुद संचालन गरि सोमबार माघ १० गते भब्यताका साथ प्रतियोगिता सम्पन्न भएको छ।May be an image of 9 people, people standing and outdoorsMay be an image of 7 people, people standing and outdoorsMay be an image of 12 people, people standing and outdoorsMay be an image of 7 people, people standing and outdoorsMay be an image of 5 people, people playing football, people standing and outdoorsMay be an image of 3 people and people standingMay be an image of 3 people and people standing


ताजा समाचार

spot_img