पत्रकार विश्वकर्माको उपचारमा भएको लापरवाहीबारे छानबिन होस् : काउन्सिल


काठमाडौँ : प्रेस काउन्सिल नेपालले पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रबार अस्पताल प्रशासनसँग भेट गरी अस्पतालले गरेको लापरबाहीका सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेको हो ।

सिभिलमा उपचारका लागि पुर्याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणविना उपचार नहुने भनी लापरवाही गरेर पत्रकार विश्वकर्माको मृत्यु भएको परिवारले दोष लगाएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्याइएपछि उपचारकै क्रममा बिहीबार बिहान ३ः०० बजे निधन भएको थियो ।

छब्बीस वर्षीय स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन्। अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए। उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गरेका थि ए। भेटका क्रममा अध्यक्ष बस्नेतले अस्पतालले सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरे


Loading Viewer...

ताजा समाचार

spot_img