महेन्द्रनगर : कञ्चनपुरमा शुक्रवार २ सय १ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रवार भीमदत्त नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट आउने नेपाली दाजु भाईहरुमा परिक्षण गर्दा संक्रमितको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।

बिहिवार एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा १६७ जना पिसिआर परिक्षणबाट ३४ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा भीमदत्तमा ७६ जना, दोधारा चाँदनीमा ३ जना, वेदकोटमा ७ जना, शुक्लाफाँटामा ९ जना, पुर्नवासमा ८ जना, कृष्णपुरमा ७ जना,बेलौरीमा १५ जना, लालझाडीमा २ जना, र गडडाचौकीमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या ९ हजार ६ सय ३५ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ७ ९३ पुगेको छ । आज ४३ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार ६ सय २० रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।











