हजार क्षमताको होल्डिङ सेन्टर अन्तिम चरणमा : सञ्चालनमा अन्यौलता


चन्द्रकान्त जोशी/ महेन्द्रनगर : कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निमार्ण गर्ने भनिएको सालधारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । नेपाली सेनामार्फत होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिमचरण्मा पुगेको जनाएको छ । कम्पनीका अनुसार हाल बेड फिटिङको कार्य चलिरहेको छ । “निमार्ण गरिने भनिएको होल्डिङ सेन्टरको भवनको निमार्ण कार्य सकिएको अवस्था छ, यस्तै गरेर भवनको अन्य संरचनाको पनि लगभग काम सकिएको छ ।” हनुमान कन्ट्रक्सन प्रालिका साइड इन्चार्ज लक्ष्मण सापकोटाले भने, “हामीले तिन सय ओटा बेड तयारी भएका छन् थप हामीले एक साता भित्रमा थप दुई सय बेड तयार पार्ने योजना बनाएका छौ यसैगरी होल्डिङ सेन्टरमा खानेपानीको जडान गर्ने कार्य पनि झण्डै सम्पन्न भएको अवस्था छ ।”

कम्पनीले विद्युत होल्डिङ सेन्टरमा विद्युत आपूर्तीको लागि ट्रान्समिटर राख्ने काम पनि सम्पन्न गरेको छ । होल्डिङ सेन्टरको नब्बे प्रतिशत भन्दा बढी प्रगती भएको सापकोटाले बताए । सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निमार्णको कार्य हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निमार्णको कार्य ढिलासुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निमार्ण कार्यलाई सहजता गर्ने गरेको बाहिनीले जनाएको छ । २९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले करिब साढे पन्ध्र करोड रुपैँया भुक्तानी लिएको अवस्था छ । “होल्डिङ सेन्टर निमार्णमा पन्ध्र करोड तिरचालिस लाख रुपैँया कम्पनीले भुक्तानी लिएको छ, बाँकी भुक्तानीको लागि कम्पनीले दश करोडको बिल पेस गरेको छ ।,

बाँकी भुक्तानी बिलमा तिन करोड साठी लाख आएको छ, तर भुक्तानी लिइएको छैन, सम्भवतह आजभोलीमा भुक्तानी प्राप्त हुन्छ ।” साइड इन्चार्ज सापकोटाले भने, । तीन बिगाहा क्षेत्रफलमा निमार्ण भएको स्थायी होल्डिङ सेन्टरको बाइस वटा अलग अलग ब्लग निर्माण भएका छन् । निमार्ण भएका सबै ब्लगमा बाधरुम, भान्सा, डाइनिङ रुम लगायतको महत्वपूण सेवासुविधा सहित होल्डिङ सेन्टर निर्माण भएको छ । संरचनागत भवन सबै निमार्ण भएको र खाली फिटिङको काम मात्रै बाँकी रहेको छ । पुस मसान्त सम्म निमार्णको काम सम्पन्न गर्नुपर्ने होल्डिङ सेन्टरको भुक्तानीका कारण ढिलाई भएको ठेकेदार कम्पनीले जनाएको छ । कोरोना महामारीको तेस्रो लहरलाई लक्षित गर्दै निमार्ण सुरु गरिएको होल्डिङ सेन्टर अबको केही समय भित्रै सेन्टरको निमार्ण कार्य सम्पन्न गर्ने समेत ठेकेदार कम्पनीले जनाएको छ ।

नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकहरूलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल÷आइसोलेसनमा पठाउने गरी वैशाख महिनाको मन्त्रिपरिषद् निमार्णले नेपाल–भारत सीमानाका नजिकै ८ र उपत्यकामा २ गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी तथा काठमाडौं उपत्यकामा दुई ठाउँमा संरचना बनाउने निर्णय गरिएको थियो । मन्त्रिपरिषद्को निर्णय बमोजिम नै कञ्चनपुरमा पनि होल्डिङ सेन्टर निमार्ण भएकोे हो ।

सञ्चालनमा र व्यवस्थापनमा अन्यौलता
निमार्ण कार्य अन्तिम चरणमा रहेको होल्डिङ सेन्टरको निमार्ण सम्पन्न भएपछि भने सञ्चालन कसरी गर्ने भन्ने अन्यौता भएको छ । झण्डै ९० प्रतिशत माथी कार्य प्रगती भएको होल्डिङ सेन्टरको ३ सय वेड तयारी अवस्थामा छन् । जिल्लाभर अहिले कोरोना संक्रमण दर बढिरहेको छ । जिल्लाको एक मात्र महाकाली अस्पतालमा निदानु दिन संक्रमित केशहरु ब्ढिरहेको अवस्था । भारत सँग खुल्ला सिमाना भएको जिल्ला प्रत्येक दिन सयौको संख्यामा नेपाली स्वदेश फर्कने क्रम पनि बढ्दै गएको छ । निमार्णको चरणमा रहेको होल्डिङ सेन्टरलाई सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले हेरिरहेको छ । तर सम्पन्न होल्डिङ सेन्टर सम्पन्न पछाडि पनि नेपाली सेनाले या कसले कसरी सञ्चालन गर्ने विषय भने स्पस्ट रुपमा तय नहुँदा सञ्चालनमा अन्यौता छाएको छ । यता जिल्ला प्रशासन कार्यालयले भने नेपाल सरकारको माघ २ गतेको निर्णय अनुसार प्रदेश सरकारले सञ्चालन र व्यवस्थापन गर्ने भन्ने आदेश आएको जानकारी दिएको छ ।

“होल्डिङ सेन्टर कसले सञ्चालन गर्ने र व्यवस्थापन कसरी भन्ने विषयमा हामीले पनि नेपाल सरकार सँग अनुरोध गरेको अवस्था थियो ।” प्रमुख जिल्ला अधिकारीले भने, “अहिले नेपाल सरकारले यही २ गते निर्णय गरेर प्रदेश सरकारबाट यसको व्यवस्थापन र सञ्चालन गर्ने निर्णय गरेर सञ्चालन गर्ने गरी आदेश भएको छ, आदेश बमोजिम प्रदेशबाट सञ्चालन तथा व्यवस्थापन हुनेछ ।” हामीलाई सञ्चालन गर्नको लागि ३ सय बेडहरु तयारी अवस्थामा रहेको भन्दै उनले कोरोना महामारी नियन्त्रणमा होल्डिङ सेन्टरले सहज गर्ने उनले बताए ।


ताजा समाचार

spot_img