जिल्ला लिग फुटबल प्रतियोगिता: समूह ‘ए’ अन्तर्गत लगातार पाचौं जितका साथ लिगको शिर्ष स्थानमा दिपज्योती

सेमिफाइनलमा दिपज्योतिले समूह 'बि' को उपविजेता त्रीपुराको सामना गर्ने


कञ्चनपुर:अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन जिल्ला लिग फुटबल प्रतियोगिता २०७७/०७८ को माघ ६ गते भएका खेलमा तीन क्लब बिजय भएका छन् ।
जसमा दिपज्योति युवा क्लब ,सेक्युर्ड नेपाल र राम युवा क्लबले जित निकाले हो।May be an image of 9 people, people standing and text that says 'Jeep 2022/1/2011'बिहिवार समूह ‘ए’ तर्फबाट लगातार लिगका पाँच खेलमा जित निकाल्दै डिफेन्डिङ च्याम्पियन दिपज्योती युवा क्लबले १५ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षीत गरेको छ। समूह ‘ए’ को उपविजेता अर्थात समूहको दोस्रो स्थानको भने टुङ्गो लाग्न सकेको छैन। जसमा भोलि माघ ७ गते लिगको अन्तिम खेल युथ क्लब अफ महाकाली र अरनिको युवा क्लब पुनर्वास बिच कडा प्रतिस्पर्धा हुने छ ।
May be an image of 6 people, people standing and outdoorsउक्त खेलमा जित हासिल गर्ने टिमले आफ्नो समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा समूह ‘बि’ को विजेता टिम निङ्गलाशैनी युवा समाजको सामना गर्ने लिगको समीकरणले देखाएको छ।
आज सम्पन्न पहिलो खेल युथ क्लब अफ महाकाली र दिपज्योती युवा क्लब बिच भएको खेलमा युथ क्लब अफ महाकाली लाई दिपज्योती युवा क्लबले २-० गोलको अन्तरले हराउदै लिगका खेलमा लगातार पाचौं जित निकाल्दै १५ अंक जोड्दै समूह ‘ए’ को विजेता हुँदै सेमिफाइनलको यात्रा सुरक्षीत गरेको छ। भने युथ क्लब अफ महाकालीले तीन जित एक हारका साथ ९ अंक जोड्दै समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ। May be an image of 7 people, people standing and outdoorsदोस्रो खेल सेक्युर्ड नेपाल र अरनिको क्लब बिच भएको खेलमा सेक्युर्ड नेपालले २-१ गोलको अन्तरले अरनिको युवा क्लब लाई हराउदै दुई जित दुई हारका साथै ६ अंकमा रोकिदै आफ्नो निर्णायक खेल भोलि खेल्ने छ।May be an image of 7 people, people standing and outdoors
यसैगरी,उक्त दिनको अन्तिम खेल द ग्यालेक्सी युथ क्लब र राम युवा क्लब पुनर्वास बिच भएको खेलमा द ग्यालेक्सी लाई १-३ गोलको अन्तरले राम युवा क्लबले हराउदै लिगका पाच खेलमा एक जित निकाल्दै ३ अंक जोड्न पुगेको र द ग्यालेक्सीले लिगको पाँच खेलमा लगातार हार बेहोर्दै अंक बिहिन बन्न पुग्यो।May be an image of 8 people, people standing and outdoors
शुक्रबार समूह ‘ए’ अन्तर्गत लिगको अन्तिम खेल हुने छन् । जसमा युथ क्लब अफ महाकाली र अरनिको युवा क्लब बिच दिउँसो २ बजे महेन्द्रनगर स्थित खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।
जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ।May be an image of 5 people, people standing and grass जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ। जसमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि खेलकुद संचालन भैरहेको छन् । जसमा लिगको फाइनल खेल माघ १० गते हुने छ।May be an image of 5 people and people standingMay be an image of 5 people, people playing football, people standing and grassMay be an image of 5 people, people standing and outdoorsMay be an image of 6 people, people standing and outdoorsMay be an image of 3 people, people standing and outdoors

ताजा समाचार

spot_img