महेन्द्रनगर : कञ्चनपुरको जिल्ला प्रसासन कार्यालयमा कर्मचारीहरुलाई कोरोना संक्तमण देखिएपछि कार्यालयबाट प्रदान गरिन् अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लगायत १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रवारदेखि आकस्मिक र शान्ति सुरक्षा बाहेकका सेवाहरु केही दिनका लागि बन्द गरेको हो ।

दुई दिन अघि सहायक प्रमुख जिल्ला अधिकारी लगायत तीनजना कर्मचारीमा संक्रमण देखिएको र बिहीवार २५ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा थप ९ जनामा संक्रमण देखिएपछि कम्तिमा पनि पाँच दिनका लागि प्रशासनबाट प्रदान गरिने नियमित सेवा रोक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले जानकारी दिएका छन् । शान्ती सुरक्षा, मुद्धा सुनुवाई र अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता, नविकरण, पेन्सन सिफारिस लगायतका सेवा स्थगित गरिएको सूचनामा उल्लेख गरेका छन् ।







