जिल्ला लिग फुटबल प्रतियोगिता: समूह ‘बि’ अन्तर्गत निङ्गलाशैनी र त्रीपुरा सेमिफाइनल प्रवेश

आज समुह 'ए' अन्तर्गत शिर्ष स्थानका लागि कडा प्रतिस्पर्धा तीन खेल हुने


कञ्चनपुर: अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ को माघ ५ गते भएका खेलमा तीन क्लब बिजय भएका छन् ।
May be an image of 8 people, people standing and outdoorsबुधबार भएको तीन वटा खेलमा निङ्गलाशैनी युवा समाज ,कञ्चन समाज र त्रीपुरा युवा समाजले जित निकाले हो। समूह ‘बि’ तर्फबाट निङ्गलाशैनी युवा समाज १३ अंकका साथ समूह विजेता र त्रीपुरा युवा समाज ११ अंकका साथ समूह उपविजेता हुँदै सेमिफाइनमा स्थान सुरक्षीत गरेको छ।May be an image of 8 people, people standing, people sitting and outdoors
माघ ५ गते बुधबार भएको पहिलो खेल निङ्गलाशैनी युवा समाज र आदर्श नेपाल बिच भएको खेलमा निङ्गलाशैनीले आदर्श लाई ५-० गोलको अन्तरले हराउदै लिगका खेलमा एक बराबरीका साथै ४ जित निकाल्दै १३ अंक जोड्दै समूह ‘बि’ को विजेता हुँदै समूह चारमा स्थान सुरक्षीत राखेको छ। भने आदर्श नेपाल ७ मा रोकिएको हो। दोस्रो खेल कञ्चन समाज र महेन्द्रनगर युनाइटेड बिच भएको खेलमा कञ्चन समाजले २-० गोलको अन्तरले महेन्द्रनगर युनाइटेड लाई हराउदै तीन जित दुई हारका साथै ९ अंकमा रोकिएको हो। भने लगातार चार हार एक जित निकाल्दै महेन्द्रनगर युनाइटेड ३ अंकमा सिमित रहेको छ।May be an image of 7 people and people standing
यसैगरी,उक्त दिनको अन्तिम खेल त्रीपुरा युवा समाज र रोयल गोर्खाज बिच भएको खेलमा त्रीपुरालेले ३-१ गोलको अन्तरले रोयल गोर्खाज लाई हराउदै तिन जित एक बराबरका साथ ११ अंक जोड्दै समूह ‘बि’ को उपविजेता बन्दै समूह चारमा स्थान सुरक्षीत गरेको छ। रोयल गोर्खाजले लिगको पाँच खेलमा लगातार हार बेहोर्दै अंक बिहिन बनेको हो।May be an image of 7 people, people playing football, people standing and outdoors
बिहीवार समूह ‘ए’ अन्तर्गत तीन खेल हुने छन् । जसमा पहिल खेल दिपज्योती युवा क्लब र युथ क्लब अफ महाकाली बिच बिहान १० बजे, दोस्रो खेल सेक्युर्ड नेपाल र अरनिको युवा क्लब बिच दिउँसो १ बजे हुने छ। यसैगरी ,उक्त दिनको तेस्रो राम युवा क्लब र द ग्यालेक्सी युथ क्लब बिच दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।May be an image of 5 people, people standing and outdoors
जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ। जसमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि खेलकुद संचालन भैरहेको छन् ।May be an image of 5 people, people standing and grassMay be an image of 5 people, people playing football, people standing and outdoorsMay be an image of 2 people, people standing and grassMay be an image of 2 people, people standing and outdoorsMay be an image of 2 people, people standing, outdoors and text

ताजा समाचार

spot_img