जिल्ला लिग फुटबल प्रतियोगिता: समुह ‘ए’ अन्तर्गत दिपज्योती शिर्ष स्थानमा

भोलि समुह 'बि' अन्तर्गतका तीन खेल हुने


कञ्चनपुर:अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ को माघ ४ गते भएका खेलमा तीन क्लब बिजय भएका छन् ।No description available.
जसमा डिफेन्डिङ च्याम्पियन दिपज्योती युवा क्लब समूह ‘ए’ बाट लिगको शिर्ष स्थानमा स्थान सुरक्षित गरेको छ।No description available.
आज भएका लिगका तीन खेलमा सेक्युर्ड नेपाल , युथ क्लब अफ महाकाली र दिपज्योती युवा क्लबले जित निकालेको हो। माघ ४ गते मंगलबार भएको पहिलो खेल सेक्युर्ड नेपाल र द ग्यालेक्सी युथ क्लब बिच भएको खेलमा सेक्युर्ड नेपालले द ग्यालेक्सी लाई ११-० गोलको अन्तरले हराउदै लिगका खेलमा दुई हारका साथै दुई जित निकाल्दै ६ अंक जोडन सफल भएको छ। No description available.भने द ग्यालेक्सी युथ क्लब चार हारका साथ अंक बिहिन रहेको छ।No description available. दोस्रो खेल राम युवा क्लब र युथ क्लब अफ महाकाली बिच भएको खेलमा राम युवा क्लब लाई १-२ गोलको अन्तरले हराउदै युथ क्लब अफ महाकालीले तीन जितका साथै ९ अंकको साथ समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ।No description available. भने लगातार चार हारका साथ राम युवा क्लब अंक बिहिन रहेको छ।No description available.
यसैगरी,उक्त दिनको अन्तिम खेल दिपज्योती युवा क्लब र अरनिको युवा क्लब बिच भएको खेलमा दिपज्योतीले १-० गोलको अन्तरले अरनिको युवा क्लब लाई हराउदै चार जितका साथ १२ अंक जोड्दै समूह ‘ए’ को शिर्ष स्थानमा उक्लिएको छ। अरनिको युवा क्लबले लिगका तीन खेल खेल्दै दुई जित एक हारका साथ ६ अंकमा रहेको छ।No description available.
भोलि बुधबार तीन खेल हुने छन् । जसमा पहिल खेल निङ्गलाशैनी युवा समाज र आदर्श नेपाल बिच बिहान १० बजे, दोस्रो खेल कञ्चन समाज र महेन्द्रनगर युनाइटेड बिच दिउँसो १ बजे हुने छ। उक्त दिनको तेस्रो खेल रोयल गोर्खाज र त्रीपुरा समाज बिच दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।No description available.No description available.No description available.No description available.
जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ। जसमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि खेलकुद संचालन हुने छन् ।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

ताजा समाचार

spot_img