दिल्लीमा डोटीका बालक अलपत्र अवस्थामा फेला, चिन्नेले सम्पर्क गर्न अपील


महेन्द्रनगर : भारतको राजधानी नयाँ दिल्लीमा सुदूरपश्चिम डोटी घर बताउने एक १५ वर्षीय बालक अलपत्र अवस्थामा फेला परेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका– २ बीपीनगर खरर घर भएका राजेन्द्र सारु मगर एक महिना अघि अलपत्र अवस्थामा फेला परेका थिए । हाल उनी दिल्ली पुलिसको संरक्षणमा रहेका छन् ।

बुवाको नाम भक्तबहादुर सारु मगर, आमाको नाम नर्मादेवी सारु मगर, दाजुको नाम केशब सारु मगर र दिदीहरूको नाम रम्ची, बिमला र सबिना बताउने ती बालकलाई चिन्ने जो कोहीले पनि बालकको परिवारलाई सम्पर्क गरि उद्धार कार्यमा सहयोग गर्न भारतस्थित आफन्त नेपाल नामक संस्थाले आग्रह गरेको छ ।

तस्वीरमा देखिएका बालकलाई चिन्ने जोकोहीले आफन्त नेपाल संस्थाको नम्बर ००९१–९७१६२९३६०२ मा सम्पर्क गर्नु अनुरोध गरिन्छ ।


ताजा समाचार

spot_img