स्वास्थ्य कार्यालय कञ्चनपुर, कर्मचारी भर्नामा नातावाद हावि

श्रीमान हाकिम हुँदा, श्रीमतीलाई सित्तैमा जागिर !


कञ्चनपुर : स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख शिवराज सुनारले आफ्नै श्रीमतीलाई करारको जागिर खुवाएर काम नगरिकनै सेवा सुविधा दिलाउने गरेको रहस्य खुलेको छ । स्वास्थ्य कार्यालयले गत आर्थिक बर्ष ९ माघ २०७७/०७८ मा करारका विभिन्न पदमा ८ जना कर्मचारी भर्नाका लागि आब्हान गरेको विज्ञापन अनुरुप कार्यालय प्रमुख सुनारले सेटिङ्ग गरेर आफ्नै श्रीमतीलाई जागिर खुवाएको खुलेको हो । आत्महत्या रोकथाम तथा विद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रमका लागि हेल्थ असिस्टेण्ट र स्टाप नर्स २ जनाको पदमा उनले आफ्नी श्रीमती रेखा कुमारी सुनारलाई भर्ना गरेको पाईन्छ । आत्महत्या रोकथाम तथा विद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रमका लागि अन्य १२ जनाले दरखास्त दिएका थिए । प्राविधिक शिक्षा पढेका तर, बेरोजगारलाई लत्याउँदै कार्यालय प्रमुखले श्रीमतीलाई जागिर दिएपछि उनको नैतिकतामाथि अन्य कर्मचारीले प्रशन गरिरहेका छन । शक्तिको बलमा कर्मचारीतन्त्रले यतीसम्म गर्ने भन्दै प्रतिस्पर्धामा आएका अन्यलाई असफल बनाएर आफ्नी श्रीमतीलाई सफल बनाएको पाईन्छ ।

स्वास्थ्य कार्यालय कर्मचारी स्रोतले कानुन अनुरुप जो कसैकी श्रीमती आफन्तले सरकारी जागिर खान नपाउँने हुँदैन, तर आफ्ै कार्यालय प्रमुख हुँदा श्रीमतीलाई जागिर दिने काम नैतिकताको प्रशन भएको बताउँछन । समाजमा बढ्दै गएको आत्महत्या कार्यक्रम रोकथामका लागि सरकारले ल्याएको उक्त कार्यक्रम अन्र्तरगत करारमा कर्मचारी भर्नाका लागि आब्हान अनुरुप प्रमुखले शक्तिका भरमा एकातिर श्रीमतीलाई कर्मचारी त बनाए । तर, काममा नलगाईकनै सरकारी राज्य कोषको ढुकुटी सिध्याउने काम गरेको भन्दै केही कर्मचारी असन्तृष्ट भएका छन । ‘यहाँ हामीले कोरोना महामारीका बेला मरीमरी काम गर्नुपर्छ, तर कार्यालय प्रमुखले आफ्नी श्रीमतीलाई काममा नलगाईकनै सरकारी तलब खुवाएका छन, ‘ति कर्मचारीले भने, ‘व्यक्ति शक्तिमा कति भोगी लोभी अधिकारको दुरुपयोग गर्दछन भन्ने उदाहरण प्रष्ट भएको छ ।’

कार्यालय प्रमुख सुनारले श्रीमती रेखा लाई भर्ना गरेर शुक्लाँफाटा कार्यक्षेत्र हालेका थिए । तर, कहिल्यै कार्यक्षेत्र नगएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सो नगरका विद्यालयमा गरिने तालिम पनि जनस्वास्थ्य कार्यालयमा गर्ने गरिएको र कार्यालयमै हाजिर लगाएर तलब खाने गरेको कार्यालय स्रोतको दावि छ । अधिल्लो आर्थिक बर्ष ०७६/०७७ मा स्वास्थ्य कार्यालयबाट संचालिन परिवार नियोजन सेवाका लागि भिजिटर प्रोभाईडर पदमा समेत कार्यालय प्रमुख सुनारले श्रीमतीको प्रमाण अपुग हुँदा पनि जागिर खुवाएको पाईन्छ । भिजिटर प्रोभाईडर पदका लागि आईयूसिटी ईमप्लान्ट कार्यक्रम तालिम लिएको हुनपर्ने भएपनि कार्यालय प्रमुख सुनारकी श्रीमतीसंग तालिम प्रमाण नहुँदा समेत अपुग प्रमाणले जागिर खुवाएको खुलेको छ । जो कानुनले गर्न नहुने काम प्रमुखको दवावले पदपूर्ति समितिका कर्मचारीले बधाई गरेको पाईन्छ ।

२ चैत्र ०७६ मा कार्यालय प्रमुख सुनार आफैले श्रीमती रेखा कुमारी सुनारलाई भिजिटर प्रोभाईडर पदमा नियुक्त गरेका थिए । असार मसान्त ०७७ मा उक्त पदको म्याद समाप्त भएको थियो । त्यसपछि ३१ असार ०७७ मा रेखाले म्याद थपका लागि आवेदन दिएको पाईन्छ । रेखाको आवेदन अनुरुप कार्यालय प्रमुख सुनार आफैले हस्ताक्षर गरेर १५ भदौँ ०७७ मा म्याद थपको पत्र बनाएका थिए । १ साउन ०७७ देखि ०७७ कार्तिक मसान्त सम्मका लागि म्याद थप गरेको पाईन्छ । भिजिटर प्रोभाईडर पदमा समेत कार्यालय प्रमुखले श्रीमतीलार्ई सेटिङ्गमा जागिर खुवाईको पाईन्छ । यसरी दुई पटकको कोरोना महामारीका बेला जनताको स्वास्थ्यका लागि खटिने कार्यालय प्रमुख नै परिवादमा भाँसिएपछि जनताको स्वास्थ्यमा ध्यान नदिएको नागरिकको बुझाई छ ।

कार्यालय प्रमुखले ०७६ र ०७७ मा पटक पटक विभिन्न पदमा आफ्नै श्रीमतीलाई नियुक्त दिने, म्याद थप गर्ने, काममा नलगाईकनै तलब खुवाउन दवाव दिने जस्ता घटनाले कर्मचारीमा मनपरीतन्त्र हावि भएको उदाहरण देखिन्छ । कार्यालय प्रमुखले सेवा करारमा आउने विभिन्न पदमा आफ्नै श्रीमती भर्ना गर्न थालेपछि शुरुदेखी नै केही कर्मचारी असन्तृष्ट थिए । जति कार्यालय प्रमुख आए उनीहरुले यस्तै मनपरी गर्ने भएपछि संस्थाको बेईजती हुने भन्दै कर्मचारीले कानुनका साथै समाजिक परिवेसपनि बुझ्नुपर्ने बनाईरहेका छन । कार्यालय प्रमुखले श्रीमती बाहेक अन्य कुनै बेरोजगारी युवा युवतीलाई अबसर दिएको भए आज कसैले त प्रमुखको गुन लगाउँथे । तर, उनले आफ्नै श्रीमतीलाई कानुनी सेटिङ्ग गरेर दुई पटकमा आएका सरकारी रोजगारीमा आफ्नै श्रीमतीलाई भर्ना गरेपछि कर्मचारी बृतमा विवादमा तानिएका छन ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी गौरसिह कर्कीले करारमा भर्ना भएका सबै कर्मचारी कानुन अनुरुप भर्ना गरिएको बताए । सूचना अधिकारी कार्कीले प्रमुखकी श्रीमतीको अन्र्तरवार्ता हुँदा उनी अन्र्तरवार्तामा नबसेको बताए । ‘पदपूर्ति गर्दा लोकसेवा, प्रशासन, अस्पतालबाट प्रतिनिधी आएर गरेका हुन, ‘उनले भने, ‘कसको कता सेटिङ्ग मलाई थाहा छैन, तर कर्मचारी भर्ना प्रकृया अनुरुप भएको छ ।’ उनले कार्यालय प्रमुख वा अन्य कसैकी श्रीमती वा नातापर्ने योग्यता पुगेको भए भर्ना हुन पाउने हो, काम नगरिकनै तलब खान नमिल्ने बताए । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कानुनी अनुरुप नै कर्मचारी भर्ना गरिएको बताए । उनले केही समाजिक सञ्जाल र अनलार्ईन मिडियामा आएजस्तो पुरै विषय सत्य नभएको बताए । अनि काम नगरिकनै तलब खुवाउने विषय समेत सत्य नभएको बताउदै उनले केहीलाई मेरो नाताले श्रीमती पर्ने भएकाले प्रशन उठाएको बताए ।

भ्रमण, क्यान्टिन र खोप दुरुपयोग जस्ता विषय भ्रामक भएको बताउदै उनले दुखेसो पोखे । ‘म सुत्केरी विदामा हुँदा पनि काम गरेको छु, ‘उनले भने, ‘कोरोना रोकथामका लागि मेरो भूमिका कसैले बुझिदिएन, यो दुखत विषय हो ।’ काम गर्दै जाँदा कतै ढङग नपुगेको बताउदै उनले सबै कानुन अनुरुप भएको दावि गरेका छन । कार्यालय प्रमुख जोडेर केही अनलाई मिडियाले खोप दुरुपयोग बारे विषय प्रकासित भएको समाचारमा स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले ध्यानाकर्षण भएको बताए । उनले खोप दुरुपयोग नभएको बताउदै, प्रमुखसंग जोडेर खोप दुपयोग भएको तथ्यहिन विषय बाहिर प्रकासित नगर्न समेत अनुरोध गरेका छन । जिल्लाका झण्डै ७० प्रतिशत नागरिकले खोप लगाएको बताउदै उनले खोपमा दुरुपयोग नभएको स्पष्ट पारेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img