कञ्चनपुर:अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ को माघ २ गते भएका खेलमा तीन क्लब बिजय भएका छन् ।
आज आइतबार भएका लिगका तीन खेलमा युथ क्लब अफ महाकाली ,अरनिको युवा क्लब र दिपज्योती युवा क्लबले जित निकालेको हो।

आज भएको पहिलो खेल युथ क्लब अफ महाकाली र सेक्युर्ड नेपाल बिच भएको खेलमा सेक्युर्ड नेपाल लाई युथ क्लब अफ महाकालीले ३-२ गोलको अन्तरले हराउदै लिगमा लगातार दुई जितका साथ ६ अंक जोडन सफल भएको छ। भने सेक्युर्ड नेपाल एक जित दुई हारका साथ ३ अंकमा सिमित , दोस्रो खेल अरनिको युवा क्लब र द ग्यालेक्सी युथ क्लब बिच भएको खेलमा अरनिको युवा क्लबले द ग्यालेक्सी लाई २-० गोलको अन्तरले हराउदै दोस्रो जित निकाल्दै ६ अंक रहेको छ ।
द ग्यालेक्सीले भने लगातार तेस्रो हारका साथ अंक बिहिन रहेको छ। यसैगरी उक्त दिनको अन्तिम खेल राम युवा क्लब र दिपज्योती युवा क्लब बिचको खेलमा राम युवा क्लबको अनुपस्थितमा दिपज्योतीले वाक ओभर पाउदा ९ अंकका साथ समुह “ए” को शिर्ष स्थानमा रहेको छ। राम युवा क्लब भने दुई खेलमा हारका साथ अंक जोड्न सकेको छैन ।
भोलि सोमबार तीन खेल हुने छन् । जसमा पहिल खेल कञ्चन समाज र आदर्श नेपाल बिच बिहान १० बजे, दोस्रो खेल महेन्द्रनगर युनाइटेड र त्रीपुरा समाज बिच दिउँसो १ बजे र उक्त दिनको तेस्रो खेल रोयल गोर्खाज र निङ्गलाशैनी युवा समाज बिच दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ। जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ।