सात बर्षदेखि श्रीमान सम्पर्क बिहिन, तारा गुरुङ्ग नाबालक सन्तानको साहरामा बाँच्दै


कञ्चनपुर: कञ्चनपुर भीमदत्त नगरपालिका १८ सालघारीकी तारा गुरुङ्गको ०६६ सालतिर दोधाराचाँदनी नगरपालिका ६ दोधारा धामीटोलका भीम गुरुङ्गसंग प्रेम विवाह भयो । प्रेम विवाहमा बाँधिएका गुरुङ्गका दुई सन्तान छन । विवाह भएको पाँच बर्षपछि रोजगारीका लागि भारत गएका ताराका श्रीमान भीम अहिलेसम्म घर परिवारको सम्पर्कमा आएका छैनन । उनी हराएका हुन, वा सम्पर्कमा आउन चाहेका छैनन । अर्थात उनको कुनै दुखत घटना भयो बारे परिवार अनविज्ञ छन । श्रीमान हराएपछि दुई नाबालक लिएर तारा बाँचिरहेकी छिन ।

‘विवाह भयो, दुई सन्तानको भविष्यका लागि हामी श्रीमान श्रीमतीविच कमाउनुपर्छ भन्ने सल्लाह अनुरुप श्रीमान भारत गए, भारत गएको डेढ महिनासम्म कुराकानी हुन्थ्यो, त्यसपछि सम्पर्क भएन, अहिलेसम्म सम्पर्कमा पनि आएका छैनन्, ‘तारा गुरुङ्गले भनिन, ‘मलाई यहाँ दुई सन्तान हुर्काउनका लागि सकस भएको छ, मेरो पीडा कसले बुझिदिने ।’ गुरुङ्गकी जेठी छोरी सरस्वती १० र छोरा हिमान्सु ७ बर्षका भएका छन । आठ बर्षदेखि श्रीमान गायब भएपछि तारालाई सन्तानको लालनपालनमा समस्या भएको छ ।

‘घरको कमाउने मान्छे नै गायब भएपछि मलाई निकै तनाव भएको छ, ‘उनले उनिन, ‘मेरो श्रीमानको खोजिका लागि सरकारले सहयोग गरिदिनुप¥यो ।’ तारा गुरुङ्गका बाबु सुरेश शर्माले भारत गएका ज्वाँईले डेढ महिनासम्म सम्पर्क गरेपनि पछि नगरेको बताए । ‘भारतमा कतै ज्वाँईको हत्या वा कुनै कारण हो, यस बारे भारतीय सरकारले समेत ध्यान दिनुपर्छ, ‘उनले भने, ‘ज्वाँई बेपत्ता भएपछि छोरी घर परिवारमाथि हामी सबै चिन्तित भएका छौँ ।’ घर परिवार आफन्तले नेपाल प्रहरी र भारतीय प्रहरीसग खोजिदिन आग्रह गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img