किशोर तामाङ/ पुनर्वास : कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा अवस्थित इलाका प्रहरी कार्यालय त्रिभुवन बसतीले तेस्रो लहरको रूपमा भित्रिएको (ओमिक्रोन) कोरोना को नयाँ भेरियन्ट रोकथाम र नियन्त्रणका लागि सचेतना फैलाउन तपाईको मास्क खोइ अभियान सञ्चालन गरिएकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ । सार्वजनिक स्थान तथा बजारमा भीडभाड हुन नदिने नेपाल सरकारको निर्देशन अनुसार नै पुनर्वासमा सचेतनामूलक अभियान थालेको र सरकारले लकडाउनको घोषणा गरे पछि कोरोना संक्रमणको जोखिम बढ्न नदिन आम नागरिकले सुरक्षा सतर्कता अपनाउन मास्क अनिवार्य लगाउनका लागि दबाव दिनुपरेको ईलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रहरी निरीक्षक कैलाश सिह बिष्टले बताए ।

तेस्रो लहरको रूपमा छिमेकी मुलुक भारतमा तिब्र रूपमा काेराेनाकाे नयाँ भेरियन्ट फैलिएकाले (ओमिक्रोन) कोरोना को नयाँ भेरियन्ट नेपालमा पनि दैनिक रूपमा संक्रमित बढ्दै गएपछि कोरोना भाइरस रोकथामको लागि पुनर्वासमा प्रहरीले तपाईको मास्क खोइ भन्ने अभियान सञ्चालन गरिएकाे हो। भारतबाट फर्किने नेपालीलाई बैधानिक नाक भएर अाउन र सिमानाकामा अनिवार्य एन्टीजेन अथवा पिसिअार चेक गराउन सर्बसाधारणलाई प्रहरीले अनुराेध गर्नुका साथै भौतिक दुरी कायम राख्नुका साथै घर बाहिर निस्किदा मास्कको प्रयोग गरी आफु र आफ्नो परिवारलाई सुरक्षित गराउन प्रहरीले अनुरोध गरेकाे छ । यसैगरी बजार निस्कँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्ने बातावरण बनाउनका लागि पैदलयात्री, सवारीसाधनका यात्रुसँगै व्यवसायीहरुलाई सचेत बनाउने उद्देश्यले ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले ‘तपाईको मास्क खाई ?’ अभियान शुरु गरेको इलाका प्रहरी प्रमुख बिष्टले बताए ।

उनका अनुसार प्रहरीले सवारी साधनहरुमा पनि सामाजिक दूरी कायम हुने गरी यात्रुहरु राख्न र अनिवार्यरुपमा मास्कको प्रयोग गर्न लगाउने गरेको बताए । अभियानका क्रममा प्रहरीले मास्क गोजीमा राखेर हिँड्ने गरेका, कसैले मुखमा लगाउने मास्क चिउडोमा झुण्ड्याएर हिँड्ने गरेका र जानीजानी मास्क प्रयोग नगर्नेहरुलाई पहिलोपटक सचेत गराउने गरेको र दोस्रो पटक पुनः त्यसरी नै भेटाए कारबाही गर्ने समेत बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले अभियानका क्रममा बिभिन्न विद्यालयका बालबालिकाहरु, अटो चालक केही पैदल यात्रीलाई निःशुल्क मास्क बितरण गरेका थियो ।आगामी दिनमा ‘बजारमा मास्क नलगाएर हिडेको भटिए किन्न लगाउँछौ’, उनले भने- ‘यदि कोही मास्क किन्नै नसक्ने अवस्थामा छन् भने त्यस्ता व्यक्तिहरुलाई निःशुल्करुपमा मास्क दिएर भए पनि प्रयोग गर्न लगाउने उनले बताए। कोरोना भाइरसबाट जोगिनका लागि उत्तम विकल्प सामाजिक दूरी कायम गरेर भेटघाट गर्ने र अनिवार्यरुपमा मास्क प्रयोग गर्ने भएकाले त्यसमा ध्यान दिनसमेत प्रहरी निरीक्षक बिष्टले अनुरोध गरेका छन् ।







