कञ्चपुर : नेकपा विप्लव निकट युवा संगठन नेपालले पुर्वी नेपाल झापा सीमा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ । जनमतसंग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियानका क्रममा युवा संगठन नेपालले झापा सीमा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा फहराएको हो ।

युवा संगठन कञ्चनपुरका नेता दिपेन्द्र सिह ऐरीले पुर्वी नेपालमा जनतालाई विभिन्न जवस र पार्टी कमिटीमा समाहित गर्दै जनमतमा क्रान्तिको भाव जगाउँदै अभियानलाई निरन्तरता दिईरहेको बताए । उनका अनुसार युवा संगठन नेपाल पुर्वी अभियानको कमाण्ड न।१अथार्त सुदुरपश्चिम प्रदेश इन्चार्ज भुवन कुवरको टोलीले झापा जिल्लाको गौरिगँज गाउँ पालिका अन्तर्गत वडा नं।१ नजिकै रहेको नेपाल भारत सिमा क्षेत्रको दशगजामा नेपालको चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा गाडेको बताए ।











