कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरको आठौं जिल्ला अधिवेशनबाट सुरेन्द्र बिष्टको प्यानल निर्वाचित भएका छन् । आफ्ना प्रतिद्धन्दी बिर बहादुर थापा पातललाई ९८ मत अन्तरले हराउदै विजयी भएका छन् । थापाले १८३ मत प्राप्त गरेका थिए भने बिष्टले २८१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा लक्ष्मी बुढाले २५४ मत ल्याएर विजयी भएकी छन् प्रतिद्धन्दी महेश पन्त २०५ मत ल्याएका छन सचिवमा पल्लव राज भट्टले २३३ मत ल्याएर विजयी भएका छन् प्रतिद्धन्दी ,अशोक चन्द २२६ मत ल्याएका छन् उप सचिवमा कर्ण बहादुर चन्द ३४७, फैरु तामाङले २९६, मत ल्याएर विजयी भएका छन् प्रतिद्धन्दी सेर बहादुर चन्द १९७ मत प्राप्त गरेका छन् यसरी बिष्ट प्यानल निर्वाचित भएका हुन् ।







