कञ्चनपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले कञ्चनपुरको ऐतिहासिक धार्मिक पर्यटकिय गन्तव्य ब्रम्हदेबको सिद्धनाथ मन्दिरको अनुगमन गरेका छन । बुधबार कञ्चनपुरको मझगाँउ विमान स्थल शिलान्यासका लागि यहाँ आएका पर्यटनमन्त्री आलेले ऐतिहासिक धार्मिक पर्यटकिय गन्तव्य ब्रम्हदेबको सिद्धनाथ मन्दिरको अनुगमन हुन ।
नेकपा एकिकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सदस्य सुरेन्द्र बमले मन्त्री आलेले ऐतिहासिक ब्रम्हदेबमा अनुगमन गरेको बताए । ‘मन्त्री ज्यू सहितका प्रदेशका मन्त्री तारालामा तामाङ्ग, नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य उर्वादत्त पन्त सहितका नेताहरुले मन्दिरको अनुगमन गरेका छन, ‘समाजवादीका नेता बमले भने, ‘मन्त्री ज्यूले सिद्धनाथ मन्दिर क्षेत्रलाई थप पर्यटकिय गन्तव्य बनाउने प्रतिबद्धता जाहेर गरेका छन ।’






