कञ्चनपुर: नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा उम्मेदवार सुरेन्द्र विष्टको पक्षमा ११ जनबर्गिय संगठन देखिएका छन । कुल १३ जनसंगिय संगठन मध्ये ११ विष्टको पक्षमा देखिएका हुन । एमाले नेताहरुका अनुसार विद्यार्थी र युवाका अध्यक्ष बाहेक अन्य विद्यार्थी युवा विष्टकै देखिएको एमाले स्रोतले बतायो ।

‘अहिले विष्टको पक्षमा ११ जनबर्गिय संगठन देखिएका छन, ‘स्रोतले भन्यो, ‘विष्ट लामो समयदेखि कम्यूनिष्ट आन्दोलन र एमालेमा रहेर काम गरेकाले नेता कार्यकर्ताको जनलहर उनकै पक्षमा देखियो ।’ केही नेता कार्यकर्ताले माओवादीबाट हालै आएका बिर ब. थापालाई किन ? अघि सारेका छन, थाहा भएन, थापाको दयाले की ? सुरेन्द्र विष्टको डाहले यो त अचम्मै भयो ।

ओली पक्षकै केही नेता कार्यकर्ताले आफ्नो र थापाको राजनीतिक सिध्याउनका लागि लागि परेको नेताहरुको भनाई छ । एमाले कञ्चनपुरको नेतृत्व चयनमा सहमती नभएपछि चुनावी प्रकृयामा गएको छ । आज मतदान हुनेछ ।







