कञ्चनपुर: कञ्चनपुरमा कोरोना संक्रमितको संख्या दिनदिनै बढदै गईरहेको छ । पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट आउने नेपाली दाजुभाईहरुमा परिक्षण गर्दा संक्रमितको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोमवार एकैदिन ५३ जनामा कोरोना संक्रमित फेला परेको हो । एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा ४६ जना पिसिआर परिक्षणबाट ७ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा भीमदत्तमा १० जना, वेदकोटमा २ जना, पुनरवासमा ४ जना, बेलौरी १ जना, कृष्णपुरमा २ जना, गडडाचौकीमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या ९ हजार ३ सय २५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ५६ रहेको छ । आज ६ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार ८ सय ४८ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।











