प्रमुख भलिबल प्रशिक्षक भट्टलाई सम्मान


कञ्चनपुर : प्रमुख भलिबल प्रशिक्षक जगदिश भट्टलाई उनकै बाल्यकालका सहकर्मीले सम्मान गरेका छन । भलिबल प्रशिक्षक भट्टका बाल्यकाल सहकर्मी पंकज रावलले आइतबार महेन्द्रनगरमा सम्मान गरेका हुन ।

नेपाल तर्फबाट प्रमुख भलिबल प्रशिक्षक भट्टको नेतृत्वमा डिसेम्बर २३ देखि २८ बङलादेशको ढाँकामा सम्पन्न भएको सेन्टर एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन च्यालेन्ज भलिबल कप प्रतियोगितामा नेपाली महिला टिमलाई स्वर्ण पदक दिलाउन सफल भएको भन्दै सम्मान गरिएको हो ।

‘भट्ट हाम्रो बाल्यकालका साथि हुन, ‘रावलले भने, ‘देशकै गौरब बढाउने काम गरेका छन, खुसी लागेर सम्मान गरेको हुँ ।’


ताजा समाचार

spot_img