कञ्चनपुर : कञ्चनपुर सुनचाँदी व्यवसायी संघको छैठौं अधिवेशन तथा १४ औं साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । २०७३ जेष्ठ २२ गते पाचौं अधिवेशन बाट चुनिएका सदस्यहरुले हाल सम्म आफ्नो कार्यकालमा गरेका उपलब्धीहरुको वार्षिक प्रतिवेदन सह सचिव अशोक सिहले प्रस्तुत गरेका थिए ।

कोभिड –१९ को विषम परिस्थीतिमा पनि आफुहरुले संस्थाको हित र सुनचाँदी व्यवसायीहरुको हितको लागि सधै लडिरहेको र सामाजिक कार्यमा पनि कुनै कसर नछोडेको अधिवेशनका सभापति उमेश सुनुवारले बताए । त्यसै गरी यो अवधिमा सुनचाँदी व्यवसायीहरु जसले समाज र आफ्नो व्यवसायमा ईमान्दारी साथ कार्यगरेका लाई सम्मान गरेको छ ।

१४ औं साधारण सभामा प्रमुख अतिथी सन्तोष लामिछानेले सबै सुनचाँदी व्यवसायीले कानुन अनुसार दर्ता भई आउनु पर्ने र सही डाँटा राख्नु पर्ने बताए‘ सही डाँटा नहुनाले पाउनु पर्ने सहयोगमा कमी भएको, ६०० जना सुदूरपश्चिममा दर्ता भएका सुनचाँदी व्यवसायी रहेको तथ्याङ्कमा देखिन आएको छ । जसले गर्दा सुनको माँग बढे पनि माग अनुसार पुर्ति हुन नसकेको साथै सुनचादी व्यवसायमा कारीगरको चरम अभाव भएकोले दक्ष कारीगर बनाउन तालिम केन्द्रको स्थापन गरेको बताए साथै मौलिक गरगहनालाई राष्ट्रिय गहना घोषण गर्नु पर्नेमा जोड दिए ।

१४ औ वार्षिक साधारण सभाका सभापतित्व कञ्चनपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष उमेश सुनुवारले गर्नु भएको थियो भने प्रमुख अतिथि सुनचाँदी व्यवसायी महासंघका सुप प्रदेश सभापति सन्तोष लामिछानेले गरेका थिए त्यसै गरी विशिष्ठ अतिथिमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा डडेल्धुरा सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेश बहादुर सुनार, कैलालीका अध्यक्ष कृष्णमान सोव,नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव राजेन्द्र अवस्थी रहेका थिए । कार्यक्रम सञ्चालन सितोरिया करातेका सुदूरपश्चिम प्रदेश प्रमुख तथा कञ्चनपुर सितोरिया करातेका प्रमुख प्रशिक्षक विमल खडायतले गरेका थिए ।
कञ्चनपुर सुनचादी व्यवासयी संघको छैठौं अधिवेशनबाट अध्यक्षमा सुरत बहादुर सुनार चयन भएका छन भने त्यसै गरी, बरिष्ठ उपाध्यक्ष अशोक शाह, प्रथम उपाध्यक्ष ध्रुव निरौला, द्वितीय उपाध्यक्ष साधुराम सुनार, महासचिव नरेन्द्र बहादुर सुनार, सह सचिव अशोक ठाकुर, कोषाध्यक्ष अशोक सिह जिसी, सदस्यहरुमा डम्मर गहतराज, मेघराज सुनार, सुमित लामिछाने, सुरेन्द्र सोब, अन्जु सुनुवार चाँदनी कु. ठाकुर रोशन सोब, प्रकाश वि.क, मनोज लामिछाने, र गणश सुनार चयन भएका छन् ।






