सेक्युर्ड नेपाल लाई खेल पोशाक प्रयोजन


कञ्चनपुर:अखिल नेपाल फुटबल संघ “एन्फा” को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन हुन लागेको जिल्ला लिग फुटबल प्रतियोगितामा-२०७८ मा सहभागी हुन लागेको सेक्युर्ड नेपाल लाई खेल पोशाक प्रयोजन गरेको छ।May be an image of 6 people, people standing and outdoors
शुक्रबार एक कार्यक्रमका साथ बेदकोट नगरपालिका वडा न.३ को कार्यालय ,अरनिको बोर्डिङ स्कुल र बेदकोट सामुदायिक वन उपभोक्ता समितिले सेक्युर्ड नेपालका अध्यक्ष प्रजापती भट्ट लाई आवश्यक खेल पोशाक र मोजा हस्तान्तरण गरिएको एन्फा एफ्री एवं क्लबका आजीवन सदस्य प्रकाश सिंहले जानकारी दिनु भएको छ।
अरनिको बोर्डिङ स्कुलका सहायक प्र नरेश जोशि , बेदकोट सामुदायिक बनला अध्यक्ष जय बहादुर साहु क्लबका अध्यक्ष प्रजापती भट्ट टिम कोच वोकिल सिहँ त्यस्तै शिक्षक तथा फुटबल का अग्रज लोक बहादुर पाताली को उपस्तिथिमा खेल पोशाक हस्तान्तरण गरिएको थियो।May be an image of 12 people, people standing and grass
क्लब लाई लिग प्रतियोगितामा सहभागी हुनको लागी अति आवश्यक पर्ने खेल पोशाक प्रायोजन गरि सहयोग गर्नु भएको मा सम्पुर्ण लाई सेक्युर्ड नेपालका अध्यक्ष प्रजापति भट्ट लगायत क्लब परिवारले धन्यवाद समेत दिनु भएको छ।
जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित खुलामञ्चमा यहि पौष २२ गते सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लब बिच दुई समुहमा बिभाजन गरि प्रतिस्पर्धा सुरु भएको छ।

ताजा समाचार

spot_img