कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता: दोस्रो दिनको खेलमा कञ्चन र आदर्श को बिजय सुरुवात

निङ्गलाशैनी र त्रीपुरा बिचको तेस्रो खेल ३-३ गोलको बराबरी


कञ्चनपुर:अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा कञ्चन समाज र आदर्श नेपालले बिजय सुरुवात गरेको छ।
May be an image of 7 people and people standingशुक्रबार भएको दोस्रो दिन भएको पहिलो खेल कञ्चन समाज र रोयल गोर्खाज युथ सर्कल बिच भएको खेलमा कञ्चनले रोयल लाई ५-१ गोलको अन्तरले हराउदै आफ्नो पहिलो बिजय सुरुवात गरेको छ। उक्त खेलको म्यान अफ दि म्याच कञ्चन समाजका जर्सी नम्बर १० का योगेन्द्र शाहु घोषित भएका छन् ।May be an image of 5 people, people standing and outdoorsनिङ्गलाशैनी समाज र त्रीपुरा समाज बिच भएको दोस्रो खेलमा ३-३ गोलको बराबरी खेल्दै समान अंक बाडेका छन् । सो खेलको म्यान अफ् दि म्याच निङ्गलाशैनीका जर्सी नम्बर ७ का प्रवेश तामाङ घोषित भए। दोस्रो दिनको अन्तिम खेल महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल बिच भएको थियो ।जसमा आदर्श नेपाले ३-० गोलको अन्तरले महेन्द्रनगर युनाइटेड लाई हराउँदै पहिलो जित निकालेको छ। तेस्रो खेलको म्यान अफ दि म्याच आदर्श नेपालका जर्सी ७ किसन चौधरीले घोषित भएका लिग संयोजक चन्द्र सिंह थलालले बताउनु बताउनु भयो। तिनै खेलका म्यान अफ दि म्याच घोषित भएका खेलाडी लाई ११ सय नगद पुरस्कार हात पारेका छन् ।
May be an image of 8 people, people standing and outdoorsजिल्ला लिग फुटबल प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आबद्ध क्लब मध्य १२ क्लबले सहभागिता जनाएको र भोलि सनिवार तेस्रो दिन दुई खेल हुने छन् । पहिलो खेल सेक्युर्ड नेपाल र राम युवा क्लब बिच दिउँसो १२ बजे, दोस्रो खेल अरनिको युवा क्लब र यूथ क्लब अफ महाकाली बिच दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक थलालले बताउनु भएको छ।May be an image of 11 people, people standing and outdoors
लिगमा संघमा आबद्ध दुई क्लबको भने सहभागिता नरहेको र जसमा जनसेवा समिति र ग्यालेक्सी क्लब दैजी रहेका छन् ।
लिग दुई समूह मा बिभाजन गरिएको छ। समुह ‘ए’ मा डिफेन्डिङ जिल्ला लिग च्याम्पियन क्लब दिपज्योती युवा क्लब ,द ग्यालेक्सी युवा क्लब ,सेक्युर्ड नेपाल ,राम युवा क्लब, यूथ क्लब अफ महाकाली र अरनिको युवा क्लब रहेका छन् भने समूह ‘बि’ मा कञ्चन समाज,रोयल गोर्खाज यूथ सर्कल,निङ्गलाशैनी युवा समाज , त्रिपुरा समाज,महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल रहेका छन् । प्रतियोगिता यहीँ पौष २२ देखि माघ ५ गते सम्म महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन हुने छ।May be an image of 13 people, people standing and outdoorsMay be an image of 6 people, people standing and outdoors

ताजा समाचार

spot_img