रमेश प्रसाद भट्ट /कञ्चनपुर : जिल्लाको दक्षिणि भेगमा रहेको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक मेसिन सहितको अल्ट्रा साउण्ड सेवाको उद्घाटन गरिएको छ । विहिबार बेलडाँडी गाउँपालिका वडा नम्बर–२ मा अवस्थित बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक मेसिन सहितको अल्ट्रा साउण्ड सेवाको उद्घाटन गरिएको हो ।
संघ सरकारको बजेटबाट प्राप्त २४ लाख ३३ हजार मुल्यको आधुनिक अल्ट्रा साउण्ड मेसिनको एक कार्यक्रमका विच बेलडाँडी गाउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले उद्घाटन गर्नु भएको हो ।

यसरी अल्ट्रा साउण्ड सेवा सुचारु भएपछि बेलडाँडीवासिलाई सुविधा भएको बताउछन् बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री । प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर २ का वडा अध्यक्ष प्रेमराज खातीले लामो प्रयासले अल्ट्रा साउण्ड मेसिन पाएको बताउदै तालिम प्राप्त डक्टरबाट सेवा प्रदान गरिने बताए । उहाले भने सेवा शुल्कमा निमुखा गरिबलाई नि शुल्क रहेको बताउदै अन्त सात आठ सय लिने गरेतापनी न्युनतम चार सय रुपमा शुल्क रहेको बताउदै बहुवृद्ध र गर्भवतीलाई पचास प्रतिशत छुटको व्यवस्था रहेको बताए । यस्तै बेलडाँडी गाउँपालिकाका प्रबक्ता अम्मर बहादुर खत्रीले अल्ट्रा साउण्ड सेवा सञ्चालन हुदा बेलडाँडीवासिल बाहिर जानु पर्ने बाध्यताको अन्त्य भएको बताउदै सर्व शुलभ दरमै गाउँमै सेवाको विस्तार भएको बताए ।

उनले थप एक्सरे र ई.सि.जि. मेसिनको समेत आवश्यकता रहेको बताउनु भयो । स्वास्थ्य केन्द्रले अहिले ईमरजेन्सी, ल्याप, आयुर्वेदिक, डेलिभरी सेवा प्रदान गदै आएकोमा अब अल्ट्रा साउण्डसेवाको पनी विस्तार भएको स्वास्थ्य केन्द्र प्रमुख राजेन्द्र प्रसाद भट्टले बताउनु भयो । उनले भने अझै सेवा विस्तारमा कमि भएको बताउदै अति आवश्यक एक्सरे र ईसिजी सेवाको समस्या रहेको बताए । यसरी अतिआवश्यक सेवाका लागि अनेत्र धाउनु पर्ने बाध्यताको हटेको भन्दै अब गाउमै सेवा पाईने भएपछि यहाँका स्थानिय हर्षित बनेका छन् ।







