एक महिने पोते मालाबनाउने तालिम सम्पन्न

सहभागिहरुले समुहमाउत्पादनगनेरमा सहकारीले लगानीगर्ने


कञ्चनपुर : व्यवसायिक एवं सीप विकास तालिम केन्द्र कञ्चनपुर तथा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को सहकार्यमा एक महिने पोते माला बनाउने तालिम संस्थाका अध्यक्ष डम्बर दत्तभट्टको सभापतित्व तथा भीनपा वार्ड नं. १५ का अध्यक्ष भीम बहादुर साहुको प्रमुख आतिथ्यमा तालिम समापन भएको छ । संस्थाका शिक्षा तथा तालिम संयोजक चादनी पन्त भट्टले सहभागि प्रशिक्षक,  प्रशिक्षाथी एवं अतिथिहरुको स्वागत गर्दै सहकारीले वित्तिय कारोबार संगै वित्तिय साक्षरता र उद्यम शिलाता विकासका लागि निरन्तर तालिम कक्षाहरु संचालन गर्ने कुरा बताउनु भएको थियो ।

संस्थाका प्रबन्धक बविता चन्द बमद्धारा संचालन गरिएको समापन कार्यक्रम तथा प्रमाण पत्र वितरण कार्यक्रमा प्रमुख अतिथि भीम बहादुर साहुले निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थालि.ले नगर पालिका क्षेत्रकै गौरव वढाउने कार्य गरिरहेकोले आगमी दिनमा वडा स्तरका तालिम समेत सहकारी मार्फत गर्न उत्सुक रहेको बताउनु भयो ।

सहकारीका सदस्य सचिव प्रेम सिंह भाट, संचालक एवं शिक्षा तथा तालिम संयोजक चादनी पन्त भट्ट, संचालक नरेन्द्र बहादुर चन्द, संचालक भावना के.सी. संचालक भावना चन्द बोहरा, तालिम केन्द्रका प्रतिनिधि हरिलाल भट्ट, लक्ष्मी दत्त भट्ट लगायतको उपस्थिति रहेको कार्यक्रममा संस्थाका अध्यक्ष डम्बर दत्तभट्टले तालिममा आर्जन गरेको सीप र ज्ञानको उपयोग गरि व्यवसाय श्रृजना गर्न र स्वारोजगार तर्फ उन्मुख हुन आग्रह गर्दै समुह मार्फत उत्ािदनका लागि लगानी गर्न सहकारी संस्था प्रतिवद्ध रहेको बताउनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img