भारतमा ओमिक्र्रोन तिव्र, नेपालमा वेवास्ता

गडडचौकी हेल्थडेस्कमा खानेपानी र शौचालयको अभाव तीन दिनमा ५५ जनामा कोरोना


कञ्चनपुर: गत मंसिरदेखि छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्र्रोनका संक्रमित फेला पर्दै आएका छन । शुरुमा भारतमा दुई जनामा फेला परेको ओमिक्र्रोन भाईरसको संक्रमण फैलिएर संक्रमितको संख्या बृद्धि भईरहेको छ । तर, भारतसंग जोडिएको कञ्चनपुरमा समेत कोरोनाको रोकथाम एव स्वास्थ्य सुरक्षाको उच्च सर्तकता अपनाईएको छैन । नेपाल(गड्डाचौकी) देखि दिल्ली सबैभन्दा नजिकको नाका हो । झण्डै ३ सय ८० किलोमिटर दुरीमा रहेको दिल्लीमा ओमिक्र्रोनको संक्र्मण बढिरहेका बेला भारतसंगै जोडिएको कञ्चनपुरको नाकामा उच्च स्वास्थ्य सुरक्षाको प्रबन्ध नगरिदा त्यसको असर नेपालमा समेत बढ्ने देखिएको छ । गड्डाचौकी नाकाबाट नेपाल भारत निर्वाद रुपमा आउँने जाने क्रम चलिरहेको छ । भारतबाट फर्किने सबै नेपालीको स्वास्थ्य परीक्षण समेत हुँदैन । उनीहरुले नै सीमा क्षेत्रमा छलेर गलत विवरण बताएर नेपाल प्रवेस गरिरहेका छन । नाकामा खटिएका प्रहरी र हेल्थडेस्कमा कार्यरत स्वास्थ्यकर्मीविचको समन्वय अभावका कारण पनि सबैको स्वास्थ्य परीक्षण हुँदैन ।

भारतका विभिन्न स्थानबाट नेपाल फकिने सबैलाई प्रहरीले स्वास्थ्य चेकजाँचका लागि हेल्थडेस्कमा नपठाउने गर्दा आएकाको मात्रै परीक्षण गर्दै आएको स्वास्थकर्मीले बताएका छन । आफुहरुले नाकाबाट प्रहरीले हेल्थडेस्कमा पठाएका सबैको एन्जिजिनबाट परीक्षण गर्दै आएको स्वाथ्यकर्मीले बताएका छन । प्रहरीले जति यहाँ पठाउँछ, सबैको ‘हामीले स्वास्थ्य परीक्षण गछौँ, ‘एक स्वास्थ्यकर्मीले भने, ‘कसै कसैलाई प्रहरीले नाकाबाटै प्रवेस गर्न दिन्छ ।’ पहिलो पटक कोरोना महामारी नेपालमा समेत देखिएसंगै २३ फागुन ०७६ देखि कञ्चनपुरको गड्डाचौकीमा स्थापना गरिएको हेल्थडेस्कको स्तर बृद्धि गरिएको छैन । शुरुका दिनमा गन थर्मामिटरबाट ज्वँरो नाप्दै आएको उक्त हेल्थडेस्कमा अहिले एन्जिजिन परीक्षण भईरहेको छ । हेल्थडेस्कमा स्थानीय, प्रदेश, संघ सरकार सहित गैर सरकारी संस्थाबाट १४ जना जनशक्ति कार्यरत छन । १ स्टाप नर्स, ३ हेल्थ असिस्टेन्ट, ३ अमनी, २ अहेब, २ क्लाब टेक्निसियन, २ ल्याब असिस्टेन्ट, १ कार्यालय सहयोगी कार्यरत छन । ६ स्वाथ्यकर्मी गैरसरकारी संस्था र ८ स्वास्थ्यकर्मी तीनै तहका सरकारबाट कार्यरत छन । अहिले भारतबाट आउने संख्याको अनुपातमा स्वास्थ्यकर्मी पुगेपनि दोब्बर तेब्बर भए स्वास्थ्यकर्मी कम हुनेछन । हेल्पडेस्कमा प्रदेश सरकारबाट खटाईएका हेल्थ असिस्टेन्ट प्रेमसिह भण्डारीले भारतबाट फर्किएका नेपालीको एन्जिजिनबाट कोरोना परीक्षण गरिएको बताए ।

‘हामीले कोरोनासंगै मलेरिया आरडिटी, टिभी समेत परीक्षण गरिरहेका छौँ, ‘उनले भने, ‘अहिले दैनिक ५देखि साढे ५ सयको हाराहारीमा भारतबाट मानिस फर्किरहेका छन ।’ तीन दिनमै हेल्थडेस्कको तथ्याङ्क अनुसार २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्किएका १ भारतीय सहित २४ जनामा एन्टिजिन परीक्षण गर्दा पोजेटिभ देखिएको हेल्थ असिस्टेन्ट भण्डारीले बताए । उनका अनुसार १ भारतीय र २३ नेपालीमा एन्टिजिन परीक्षण गर्दा पोजेटिभ देखिएको छ । १९ पुषमा ४, २० पुषमा ९ र २१ पुषमा ४५ जनामा एन्जिजिन पोजेभिट देखिएको छ । ‘भारतीय नागरिकलाई नेपाल र भारतीय सुरक्षाकर्मीको समन्वयमा भारतमै पठायौँ, ‘उनले भने, ‘नेपाली नागरिकलाई महाकाली प्रादेशिक अस्पताल पठाएका छौँ ।’ हेल्थडेस्कमा आवश्यक पूर्वाधार नहुँदा समस्या भईरहेको उनले बताए । उनका अनुसार शौचालय र खानेपानी अभावका कारण समस्या भईरहेको छ । ‘यहाँ एक्कासी बिहान साँझ भिड बढ्छ, ‘उनले भने, ‘सार्वजनिक शौचालय छैन, भारतबाट फर्किएकालाई समस्या हुन्छ, खानेपानी समेत छैन ।’ हेल्थडेस्क समेत हजारौँको संख्यामा परीक्षण गर्दा अपुग हुने उनले बताए । भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले भारतबाट जति नेपाल प्रवेस गर्छन, सबैको स्वास्थ्य परीक्षण हुने बताए । ‘हामीले नाकाबाट प्रवेस गरेका सबैको स्वाीस्थ्य परीक्षण गछौँ, ‘उनले भने, ‘जति आए त्यतिको गरेका छौँ, बाँकी नाका भन्दा बाहिरबाट आउनेको थाहा भएन ।’

हेल्थडेस्कको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको १ साउनदेखि २१ पुषसम्म भारतबाट ८५ हजार ५ सय ५८ आएका मध्ये सबैको स्वास्थ्य परीक्षण अर्थात एन्टिजिन परीक्षण गर्दा १ सय ८ जनामा पोजेटिभ देखिएको छ । ‘साउनदेखि मंसिरसम्म दिनमा १, वा बढिमा २ मात्रै पोजेटिभ केश देखिएपनि हाल पुप २० र २१ गते ह्वातै बृद्धि भएको छ, ‘भीमदत्त नगरका स्वास्थ्य प्रमुख जोशीले भने, ‘अहिले बढिरहेको छ ।’ गड्डाचौकीको हेल्डडेस्क र प्रहरीको तथ्याङ्क अनुसार भारतबाट फर्किएका सबैको स्वास्थ्य परीक्षण नभएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता लाल बहादुर बमले चालु आर्थिक बर्ष १ साउददेखि २१ पुषसम्म गडडचौकी नाकाबाट ९४ हजार ६ सय ६८ मानिसले नेपाल प्रवेस गरेका छन । भने १० हजार ८ सय ९३ भारत प्रवेस गरेका छन । ९ हजार १ सय १० जनाको स्वास्थ्य परीक्षण बिनै नेपाल प्रवेस गराईएको छ । प्रहरी प्रवक्ता बमले भारतबाट फर्किएका सबैको स्वास्थ्य परीक्षणका लागि प्रहरीले हेल्थडेस्कमा पठाएको बताए । भारतबाट फर्किएका नागरिकको स्वास्थ्य परीक्षण गरेर एन्टिजिन पोजेटिभ भएपनि पिसिआर बिधीबाट परीक्षणका लागि महाकाली अस्पतालमा पु¥याउने गरेको बताए । ‘अब भारतमा ओमिक्र्रोन बढेसंगै भारतबाट नेपाल फर्किनेको संख्या बृद्धि भएपछि हेल्थडेस्कमा स्वास्थ्यकर्मीको जनशक्ति समेत बृद्धि गर्नुपर्ने बताए । ‘नाकामा पोजेटिभ देखिएकालाई अन्य मानिसको सम्पर्कमा आउन नदिन सिधै अस्पताल पु¥याउन एम्बुलेन्स जस्तै एक छुट्टै सवारी साधन चाहिन्छ, ‘उनले भने, ‘त्यो हामीहरुसंग छैन ।’ भारतबाट फर्किएका सबैको स्वास्थ्य परीक्षण गर्दै आएको उनको दावि भएपनि प्रहरीको तथ्याङ्क अनुसार भारतबाट १ साउददेखि २१ पुषसम्म फर्किनेको संख्या हेल्थडेस्कको तथ्याङ्क भन्दा बढि देखिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले भारतमा तिव्र रुपमा बढिरहेको ओमिक्रोन भाईरस रोकथाका लागि सीमा क्षेत्रमा कडाई गरिने बताए ।

‘यही विषयमा हामीले आजै अर्थात बुधबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक गरेर ओमिक्र्रोन भित्रिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने निर्णय गरेका छौँ, ‘प्रजिअ पाण्डेले भने, ‘नाका क्षेत्रमा कडाई एव स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने निर्णय भएको छ ।’ गड्डाचौकी हेल्थडेस्कमा जनशक्ति व्यवस्थापन, शौचालय खानेपानीको आपूर्ति, होल्डीङ्ग सेन्टर निर्माणको विषयमा गम्भिरताका साथ बाँकी काम पुरा गर्ने निर्णय भएको बताए । भारतबाट भित्रिन सक्ने ओमिक्रोनलाई फैलिन नदिन सीमा क्षेत्रमै स्केनका लागि स्वास्थ्य चेकचाँजका कामलाई थप कडाई गरिने, पालिकामा रहेका आईसोलेशन तयारी अवस्थामा राख्ने, एम्बुलेन्स व्यवस्थापन गरिने, खोप अभियानका साथै अन्य स्वास्थ्य सुरक्षा मापदण्ड पालनाका कार्यक्रम संचालन गरिने प्रजिअ पाण्डेले बताए । फोटो क्याप्सन ः भारतसंग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा एन्जिजिन प्रविधिबाट स्वास्थ्य परीक्षण गर्दै , गड्डाचौकी सीमा क्षेमा प्रवेस गर्ने नेपाली


Loading Viewer...

ताजा समाचार

spot_img