प्रधानमन्त्री कप सिनियर पुरुष प्रदेश स्तरिय छनोट प्रतियोगितको कञ्चनपुर लाई उपाधी


कञ्चनपुर : प्रधानमन्त्री कप सिनियर पुरुष प्रदेश स्तरिय छनोट प्रतियोगितमा कञ्चनपुरले उपाधी जितेको छ।May be an image of 2 people and people standing

मंगलबार महेन्द्रनगरको कबड हलमा सम्पन्न भएको फाइनल खेलमा बैतडी लाई ३८ रनले हराउदै सुदुरपश्चिम छनोट क्रिकेट प्रतियोगितामा कञ्चनपुर च्याम्पियन बनेको हो। May be an image of 7 people, people standing and roadमहेन्द्रनगरको कञ्चनपुरमा सञ्चालन भएको प्रधानमन्त्री कप सिनियर पुरुष प्रदेश स्तरिय छनोट प्रतियोगिताको फाइनलमा कञ्चनपुरले टच जित्दै पहिलो ब्याटिङ रोजेको थियो। जसमा ४० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९५ को लक्ष्य बैतडी लाई दिएको थियो। कञ्चनपुरको तर्फबाट अनुराग सिंहले ५४ बलमा ४७ रन,हेमन्त धामिले ४५ बलमा ४२ रन,आदित्य महताले १६ बलमा ३२ रनको योगदान खेलेका थिए । बैतडीको बोलिङ्ग तर्फ जगदीश चन्दले ८ मा २९ रन दिदै ३ विकेट हात पारेका थिए। May be an image of 8 people and people standing।१ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा मैदान उत्रिएको बैतडीले ३०.२ ओभरमा १ सय ५७ रनमा अलआउट हुँदै ३८ रनले फाइनलमा कञ्चनपुर संग पराजित हुन पुगेको थियो। जसमा गजेन्द्र बोहराले ४० बलमा २६ रन,खडक बहादुर बोहराले १६ बलमा १७ रनको योगदान पारी खेल्दा पनि जित भने दिलाउन सकेनन् ।May be an image of 7 people and people standing कञ्चनपुरको बोलिङ्ग तर्फ आदित्य महताले ७ ओभरमा ३३ रन दिदै ३ विकेट, अर्जुन साउँदले ७ ओभरमा १७ रन दिदै २ विकेट, प्रकाश विष्टले ५.२ ओभरमा २४ रन दिदै २ विकेट हात पारेको स्कोरर नरेन्द्र प्रसाद भट्टले बताएका छन् । उनका अनुसार फाइनल खेलका म्यान अफ दी म्याच कञ्चनपुरका आदित्य महता घोषित भएका हुन।May be an image of 14 people and people standingMay be an image of 6 people and people standing


ताजा समाचार

spot_img