करेन्ट लागेर मृत्यु भएका परिवारलाई बीमा रकम हस्तान्तरण


शुक्लाफाटा: करेन्ट लागेर मृत्यु भएकी कञ्चनपुरकी एक महिलाको परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड झलारी शाखाका प्रमुख इन्द्रदेव जोशी र एरिया प्रमुख गंगाराम जोशीले मंगलबार शुक्लाफाँटा नगरपालिका १० झलारीकी मृतक लक्ष्मी कुँवरका श्रीमान बिरेन्द्र बहादुर कुँवरलाई ३ लाख १२ हजार मृत्युदावी बाफतको रकम हस्तान्तरण गरेका हुन् ।

एक महिना अघि आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएकी कुँवरले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सिटिजन जीवन सारथी बीमा योजना अन्तर्गत आफ्नो बीमा गराएकी थिइन् । बीमांक वापतको रकम बुझ्दै मृतकका श्रीमान विरेन्द्र बहादुर कुँवरले समयमै जिवन बिमा गराउँदा परिवारमा परेको पीडाका बेला राहत महसुस भएको बताउनुभयो । दुई छोरा छोरी भएकी कुँवरले बिमाकं रकम वाफत १८ हजार जम्मा गरेकी थिइन् ।


ताजा समाचार

spot_img