जमिन भाडामा लिएर ड्रागन खेती फस्टाउँदै

कृषि क्रान्तिकारीका लागि भाषण र नारामा होईन व्यवहारिक रुपमा श्रम गर्नुपर्छ

कञ्चनपुर : कञ्चनपुरको उत्तरी क्षेत्र भीमदत्त नगरपालिका ९मटैनामा जमिन भाडामा लिएर ड्रागन खेती गरिएको छ । बेष्टर्न मल्टी एग्रिकल्चर एण्ड रिसर्च सेन्टर प्रालिले स्थानीयको जमिन भाडामा लिएर ड्रागन खेती गरेको हो । गत बर्षदेखि ड्रागन खेती गरिएको छ । विभिन्न स्थानीयको ६ विगाह जमिन भाडामा लिएर ड्रागनखेती गरिएको बेष्टर्न मल्टी एग्रिकल्चर एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्धक ज्ञानेन्द्र महताले बताए । बार्षिक १ लाख ५७ हजार भाडामा जमिन लिएर खेती गरिएको छ ।

हालसम्म झण्डै साढे तीन करोड लगानी गरिएको छ । सरकारी निकायबाट अपेक्षाकृत सहयोग नपाईएको उनले बताए । उनका अनुसार ७ हजार २ सय पोलमा २८ हजार, ८ सय बिरुवा रोपिएका छन । गत बर्ष २७ हजार ९ सय बिरुवा रोपिएका थिए । यस बर्ष ९सय बिरुवा थप गरिएका छन । ४ सयको नर्सरी उत्पादन गरिएको छ । बेष्टर्न मल्टी एग्रिकल्चर एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष रमेश चन्द(ठकुरी)ले सुदूरपश्चिमलाई ड्रागन हब बनाउने उदेश्यले खेती गरिएको बताए । ‘यो स्वाथ्यका लागि पनि राम्रो छ, ‘उनले भने, ‘यसबाट रोजगारी एव कृषि क्रान्ति गर्न सकिन्छ ।’ कृषि क्रान्तिका लागि भाषण र नारामा होईन व्यवहारिक रुपमै श्रम गर्नुपर्ने उनको सुझाव छ । चालु आर्थिक बर्ष २०७८/०७९ को पुष तेस्रो सातासम्म २१ लख, ९५ हजार बराबरको कारोबार गरिएको छ ।

‘१६ प्रजातिको भिटामिन पाईन्छ, ‘उनले भने, ‘स्वास्थ्यका हिसाब र आर्थिक कोणबाट यो लाभदायक छ ।’ उनले गत बर्ष १८ लाख र यस बर्ष ९ लाख रुपैया अनुदान पाईएको बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत हरिदत्त जोशीले ड्रागनखेतीले कृषिमा आधुनिकीकरण हुने बताए । सरकारी निकायबाट आफुहरुले प्राविधिक लगायत अन्य सहयोग हुने बताए । मंगलबार एक कार्यक्तमका विच सार्वजनिक सुनुवाई तथा अन्तरकृया कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा स्थानीयसंग कम्पनीका संचालक एव कृषिका कर्मचारीले घर घरमा ड्रागनखेती गर्नु आब्हान गर्दै बजारका लागि कम्पनीले जिम्मा लिने बताएका छन । आर्थिक सम्बृद्धि एव कृषिमा आत्मनिर्भरताका लागि नयाँ नयाँ खेती गर्नुपर्नेमा जोडदिईएको छ ।

ताजा समाचार

spot_img