कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा सामाजिक सुरक्षा जालो गठन गरिएको छ । आर्दश महिला समाज नेपालले भीमदत्त नगरपालिका १८ नम्बर वडामा मंगलबार एक कार्यक्रमका विच सामाजिक सुरक्षा जालो गठन गरिएको हो । आर्दश महिला समाज नेपाल कञ्चनपुरका अध्यक्ष माया नेगीले महिलाको बृद्धि विकासका साथै विपद्मा सामना गर्नका लागि क्षमता अभिबृद्धि गर्ने उदेश्याका साथ सामाजिक सुरक्षा जालो गठन गरिएको बताए । अध्यक्ष नेगीका अनुसार आर्दश महिला समाज नेपाल र टेवा संस्थाको संयुक्त आयोजनामा भीनपा १८मा संचालित हुने कोभिड १९ जस्ता महामारी तथा भविष्यमा महिलाको क्षमता अभिबृद्धि गर्नका लागि सामाजिक सुरक्षा जालो गठन गरिएको बताए ।

जालो अर्थात सञ्जालमा महिला सहभागि रहेका छन । भीनपा १८ की महिला मञ्जु केसीको संयोजकत्वमा ७२ सदस्यीय सामाजिक सुरक्षा जालो गठन गरिएको छ । उक्त जालोले हिन्सामा परेका महिलाको उद्दार गर्ने, यौनिक अल्पसंख्यक महिलाको न्यायका लागि वकालत गर्ने छ । आर्दश महिला समाज नेपाल कञ्चनपुरका अध्यक्ष माया नेगीको अध्यक्षतामा गठन गरिएको जालो कार्यक्रममा भीमदत्त नगरपालिका १८का वडाध्यक्ष राजेन्द्र प्रशाद पाण्डेको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रममा भीमदत्त नगरपालिका १८ का महिला, संस्थाका पदाधिकारी एव भगतपुर निम्बुखेडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेश सिह धामी,प्रहरी लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो । आर्दश महिला समाज नेपालका सह सचिव नारु सिहले कार्यक्तमको संचालन गरेकी थिईन ।







