गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्र्तगत उद्यमशिलता विकास तालिम सम्पन्न

कञ्चनपुर : गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्र्तगत शुक्लाफाटाँ नगरपालिका १२ चित्रपुरमा सञ्चालित आठ दिने उद्यमशिलता विकास तालिमको सोमवार समापन गरिएको छ । विपन्न अबस्थमा रहेका महिलालाई उद्यम गर्न तर्फ डोरयाउनका लागि नगरपालिकाले सञ्चालन गरेको कार्यक्रममा माध्यमबाट ३० जना महिला दक्ष भएका छन । महिलाहरुले तालिमका माध्यमबाट व्यवसायीक योजना बनाउने, योजना अनुरुप व्यवसायीक कार्य गरी बस्तुहरु उत्पादन गर्ने र उत्पादीत बस्तुको बजारीकरण गर्ने सम्मका कुराहरु तालिमका माध्यमबाट सिकेका छन ।

व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक रकमको जोहो गर्नका लागि समुह, सहकारी र बैंकबाट ऋण निकाल्ने र ऋणको परिचालन गरी आम्दानी गर्ने तौर तरिका तालिमका माध्यमबाट महिलाहरुले जानकारी पाएका छन । तालिम समापन कार्यक्रममा सहभागी नगर प्रमुख दिल बहादुर ऐरले पिछडीएका वर्गका महिलालाई मुलधारमा ल्याउनका लागि सीपमुलक तालिम प्रदान गरी आवश्यक सामग्री उपलव्ध गराई स्वरोजगार बनाईने बताउनु भयो । संस्थागत रुपले नगरपालिकाबाट आयआर्जन गर्नका लागि प्रस्ताव पेश गरे आवश्यक रकमको व्यवस्था गर्न प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष बाले रानाले पिछडीएको दुर्गम ठाउ भएकाले जागरुक महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सहयोगको खाँचो रहेको बताउनु भयो । वडा सदस्य बलदेव भट्टले सिमान्तकृत समुदाय बसोवास भएको ठाउ भएकाले उनीहरुको उत्थानका लागि कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नु भयो ।

अर्का वडा सदस्य वचन रानाले तालिम प्रभावकारी भएको चर्चा गर्दै तालिममा सिकेका कुराहरु व्यवहारमा उतापर्नु पर्ने बताउनु भयो । नगरपालिकाको उद्योग शाखाका प्रमुख रुद्र ओलीले लुघ उद्यम कार्यक्रम महिलालाई आत्मनिर्भर बनाउनका लागि ल्याईएको उल्लेख गर्दै उहाँले महिलाहरुले चुलो चौकामा मात्रै सिमित नभएर लघु उद्यमका मार्फत व्यवसायीक बन्नु पर्ने बताउनु भयो । केही गरौं भन्ने भावना भएका महिलालाई कार्यक्रमा समेटिने उहाँको भनाई थियो । तालिममा सहभागी महिलाहरुले तालिम दिएर मात्रै नहुने भएकाले सहयोगको खाँचो रहेको कुरा औंल्याएका थिए ।

ताजा समाचार

spot_img