माओवादी केन्द्र दोधाराचाँदनीको अध्यक्षमा सुनार


कञ्चनपुर: नेकपा माओवादी केन्द्र कञ्चनपुरको दोधाराचाँदनी नगरको अध्यक्षमा भक्त बहादुर चुनार चयन भएका छन । माओवादी केन्द्र दोधाराचाँदनीको प्रथम भेलाबाट अध्यक्षमा चुनार चयन भएका हुन । उपाध्यक्ष परशुराम सुनार, अंगबिर दमाई, रतन ओली, सचिव करन मगर,सह सचिव टेक ब. ओली, कोषाध्यक्ष लक्ष्मी भण्डारी चयन भएका छन ।

माओवादी केन्द्र दोधाराचाँदनीका जेष्ठ सदस्य धउलीदेवी दमाईको अध्यक्षमा बसेको बैठकले प्रदेश सदस्य ईन्द्र ब. रावत, धनसरा नाथको प्रमुख आथित्य, प्रदेश प्रतिनिधी भरत दत्त भट्ट, तारासिह रोकाया, सर्वजित बुढा, लिलाराम गिरी सहितको उपस्थितिमा माओवादी केन्द्र नगरको कार्य समिति घोषणा गरिएको हो ।


Loading Viewer...

ताजा समाचार

spot_img