पिपलाडीमा सिप्रेडको तरकारी खेतीको अनुगमन

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीमा महिलाहरुले गरेको व्यवसायीक तरकारी खेतीको आज अबलोकन गरिएको छ । वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र(सिप्रेड) ले विएमजेड, डब्लुएचएचको सहयोगमा सञ्चालन गरेको स्कील अप परियोजना अन्र्तगत महिलाहरुले व्यवसायीक खेती गरेका छन । महिलाहरुले व्यवसायीक तरकारी खेतीका लागि गरेका क्रियाकलाप बारे परियोजनाका संयोजक रामभक्त न्यौपानेले जानकारी गराउनु भएको छ । अग्र्यानिक तरकारी खेती, कृषक आइपिएम पाठशाला, बोकासी मल तयार गर्ने तरिका र तरकारीका बेर्ना लगायतका बारेमा अबलोकनकर्ताहरुलाई जानकारी दिईएको छ ।

अबलोकनका लागि पुगेका नगर प्रमुख दिल बहादुर ऐर, नगर उप प्रमुख तुलसीदेवी हमाल, प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रप्रसा भट्टलाई तरकारी खेतीमा संलग्न महिलाहरुले बजार व्यवस्थापनको कार्य गरिदिनका लागि आग्रह गरेका छन । तरकारी उत्पादन गर्छौं महिलाहरुले भन्नु भयो, बजार नपाउदा निराश हुनु परेको छ । त्यसको व्यवस्था गरिदिनु परयो ।
नगर प्रमुख ऐरले महिलाहरुलाई घरमै तयार गरिएको बोकासी मलको प्रयोगलाई बढाई अग्र्यानिक तरकारी खेतीलाई बढावा दिन आग्रह गर्नु भयो । बजार व्यवस्थापनको कार्यको जिम्मा नगरपालिको लिन्छ उहाँले भन्नु भयो, तरकारी संकलन केन्द्र निर्माणका लागि पनि पहल गर्छौ ।

नगर उप प्रमुख तुलसीदेवी हमालले महिलाहरुले तरकारी खेती गरेर आत्म निर्भरता तर्फ उन्मुख भएकोमा महिलाहरुको सह्रना गर्नु भयो । प्रमुख प्रशासकिय अधिकृत भट्टले व्यवसायीक तरकारी खेतीमा संलग्नले अग्र्यानिक तरकारी उत्पादन गरे बजारमा मूल्य राम्रो पाउने भएकाले यस कार्यलाई निरन्तरता दिनु पर्ने उल्लेख गर्नु भयो । अबलोकनको कार्यमा नगरपालिकाको पशु शाखाका अधिकृत नारायणप्रसाद भट्ट, कृषि शाखाका प्राविधिक सहायक करन सिंह बुढाऐर र परियोजनाका कर्मचारीको संलग्नता रहेको थियो ।

ताजा समाचार

spot_img