पुनर्वास : कञ्चनपुरको पुनर्वासमा युवा व्यवसायीको रुपमा परिचित तीन युवाले मृगोला पिडितलाई आर्थिक सहयोग गरेका छन् । आईतबार युवा व्यवसायीहरु पुनर्वास नगरपालिका–२ निवासी दाउत तामाङ्ग, पुनर्वास–५ निवासी खगेन्द्र ओझा र दिपक सिँह धामीले दुवै मृगौलाको समस्याले ग्रसित बनेका पुनर्वास–५, ग–गाँउका शेरबहादुर थापालाई दश हजार आर्थिक सहयोग गरेका हुन् ।

केहि दिन अघि देखि काठमाडौंको सुमेरु अस्पतालमा उपचारार्थ रहेका दुवै मृगौला पिडित थापालाई देश तथा विदेशमा रहेका मनकारी व्यक्तिहरुको आर्थिक सहयोग यतिबेला जुटिरहेको सामाजिक अभियान्ता हिमेश थापाले जानकारी दिए ।

त्यस्तै सहयोगकै सिलसिलामा पिडित थापासँगै अध्ययन गरेकी पुनर्वास निवासी हाल रोजगारीको क्रममा दुबईमा रहकी आशा पाण्डेले १५ हजार ७ सय पचपन्न रुपैँया र सँगसँगै अभियानकी अभियानकर्ता, बेलौरी निवासी तथा सञ्चारकर्मी लक्ष्मी श्रेष्ठको पहलबाट १ लाख ५८ हजार दुई सय रुपैँया पिडित थापाको उपचारका लागि सहयोग आएको छ ।

