कञ्चनपुर : नेकपा विप्लव निकट युवा संगठन नेपाल कञ्चनपुरले जनमत स्रग्रहका लागि अभियानको उद्घाटन गरेको छ । आइतबार युवा संगठन कञ्चनपुरले भीमदत्त नगरपालिका महेन्द्रनगरदेखि जनमत स्रग्रहका लागि अभियानको उद्घाटन गरेको हो ।

युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले अभियानको एक कार्यक्रमका विच उद्घाटन गरिएको बताए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्य महान चौधरीले अभियान उद्घाटन गरेका छन । युवा संगठन कञ्चनपुरका अध्यक्ष बिरेन्द्र राज जोशीको अध्यक्षतामा अभियान उद्घाटन गरिएको छ । अभियान उद्घाटन कार्यक्रममा विद्यार्थी नेता सहितको सहभागिता रहेको थियो ।







