कञ्चनपुर : महिलाको अर्थपूर्ण सहभागिता सन्दर्भमा महिला माथि हुने राजनीतिक हिंसाको अवस्था सम्बन्धी पत्रकारहरु संग त्रैमासिक अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ।

आइतबार एक कार्यक्रमका साथ मानव अधिकारको लागि एकल महिला समूह (डब्लुएचआ) कञ्चनपुरको आयोजनामा महिलाको अर्थपूर्ण सहभागिता सन्दर्भमा महिला माथि हुने राजनीतिक हिंसाको अवस्था सम्बन्धी पत्रकारहरु संग त्रैमासिक अन्तरक्रियात्मक गरिएको संयोजक वीर बहादुर नेपालीले बताए । पेप परियोजना अन्तर्गत शुक्लाफाटा र बेलडाँडीमा संचालन रहेको जसमा विभिन्न स्थानीय स्तरदेखी, राष्ट्रिय सम्मेलनमा महिलाको सहभागिता कस्तो रहयो, महिलाको सहभागिता बढाउने, अक्टोबर, नोयम्बर, डिसेम्बरमा गरिएका काम कार्यको बारेमा छलफल गरिएको हो ।

जसमा कञ्चनपुरको दुई स्थानीय तहमा १७ वटा एकल समूह ६ सय १३, दलित १सय६६, जनजाति ११९ र अन्य ३२८ रहेका छन । उक्त समूहले ४ लाख ८१ हजार ३ सय ५५ बचत गर्नु भएको छ। जसमा ३० जनामा उद्यमशीलता तालिम दिएको , २० जना जनप्रतिनिधि महिलालाई लाई ६ लाख जसमा बिउपुजी हस्तान्तरण गरेको छ। जसमा ५० जना महिलालाई १२ लाख बिउपुजी दिएको र उनी मध्यमा ४१ जनाले व्यवसायी सुरु,९ जना गर्ने तयारी गरेको बताए । शक्त हुँदै गएको र बजेटको माग समेत गर्न सक्ने क्षमता वृद्धि भएको छ।

महिलामाथि हुने हिंसा लगायतको कुरामा छलफल गरिएको हो। उपाध्यक्ष चौधरीले महिलाहरु लाई अझै पहुचम पुग्न गाह्रो रहेको, सहभागीता उत्साही जनक नरहेको ,जसमा आर्थिक रुपले पहुच कम्जोर रहेमा सहभागिता न्यून रहेको छ। मानव अधिकारको लागि महिला एकल महिला समुहका उपाध्यक्ष जयन्ती पन्त,सदस्य देवकी नाथ,भगवती सिंह,नेपाल पत्रकार महासंघ कञ्चपुरका उपाध्यक्ष हेमन्ती चौधरी लगायत विभिन्न सञ्चारमाध्यम कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो।






