सुदूरपश्चिम राजधानी कप : मनकामना लाई उपाधी

कञ्चनपुरको रोयल गोर्खा लाई ०-३ गोलको अन्तरले हराउदै कैलालीको मनकामना युवा क्लब च्याम्पियन


अत्तरिया, कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा जारी सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तरगत सनिवार सम्पन्न फाइनल खेलमा कैलालीको मनकामना युवा क्लबले उपाधी जितेको छ।No description available.No description available.

फाइनल खेलमा कञ्चनपुरको रोयल गोर्खा लाई कैलालीको मनकामना युवा क्लबले ३-० गोलको अन्तरले हराउदै प्रतियोगिताको च्याम्पियन बनेको हो।No description available.

मनकामनाका तर्फबाट जर्सी नम्बर १५ की अन्जना राईले खेलको पहिलो हापको १९ औं मिनेटमा गोल गर्दै अग्रता कायम गरेकी थिइन । त्यसपछि खेलको दोस्रो हापमा जर्सी नम्बर १० की तुलसा बोहरा र जर्सी नम्बर १७ की नेहा खड्काले १÷१ गोल गरेपछि मनकामना विजयी भएको हो ।No description available. विजेता बनेको मनकामनाले नगद रु. १ लाख ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको गोर्खा रोयलले नगद रु. ७५ हजार सहित मेडल र प्रमाणपत्र हात पारेको छ ।No description available.

खेलअवधीभर उत्कृष्ट प्रर्दशन गरेकी मनकामनाकी अन्जना राई खेलको प्लेयर अफ द म्याच घोषित भईन । उनले नगद रु. ३ हजार प्राप्त गरिन । यस्तै महिला तर्फ प्रतियोगीताको बेस्ट डिफेन्डरमा मनकामनाकी सरस्वती रोकाया, बेस्ट मिडफिल्डरमा रोयल गोर्खाजकी अन्जली चन्द, सर्वाधिक गोलकर्तामा मनकामनाकी अन्जना राई र बेस्ट गोलकिपरमा मनकामनाकी लिला जोशी घोषित भईन ।No description available.

प्रतियोगीताको राईजिङ प्लेयरमा अत्तरिया फुटबल एकेडेमीकी सोनम शाह घोषित भएकी थिईन । उनिहरु सबैले नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।No description available. प्रतियोगीता अवधीभर उत्कृष्ट प्रर्दशन गरेकी मनकामनाकी तुलसा बोहरा प्लेयर अफ द टुर्नामेन्ट घोषित भईन । उनिले नगद रु. १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरिन । नकाउट आधार संचालन गरिएको प्रतियोगितामा ६ वटा महिला टिमको सहभागीता रहेको आयोजकले बताएको छ।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


ताजा समाचार

spot_img