महेन्द्रनगर : चौथो राष्ट्रिय सेवा दल स्थापना कञ्चनपुरमा एनसिसि अल्मुनाई दिवस विबिध कार्यक्रम गरि भव्यताका साथ मनाईएको छ । ‘स्वाभिमानी नागरिक तथा सभ्य र सुसंस्कृत समाज निर्माण हाम्रो अभियाना’ भन्ने मुल नाराका साथ शुक्रबार एनसिसि अल्मुनाई एसोसेसन कञ्चनपुरले चौथो एलमुनाई दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा सरसफाई गर्नुका साथै विहान महेन्द्रनगर बजारमा प्रभातफेरी कार्यक्रम समेत गरेको हो । कार्यक्रममा भीमदत्त नगरपालिकाका उप–प्रमुख शुसिला चन्द लाई प्रमुख अतिथि बनाएको भएता पनि उनी अनुस्थीत रहेकी थिईन । प्रभातफेरी पछिको औपचारीक कार्यक्रमको देवि दल गणका गणपति सुनिल मल्लले सभापतित्व गरेका थिए ।
भने विशिष्ठ अतिथिमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी रहेका थिए । केद्रिय कार्यक्रम अनुसार चौँथो वार्षिकोत्सव कञ्चनपुर जिल्लामा पनि मनाईएको एनसिसि एलमुनाई एसोसेसन कञ्चनपुर जिल्ला निर्देशक हिमान्सी थापाले बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले एनसिसिको लक्ष्य अनुरुप समाजमा सभ्य र जिम्मेवार नागरीक निर्माणमा भईरहेको बताए । विद्यार्थी जिवनमा पहिल्याएको बाटोले नै भविष्यको बाटो निर्माण हुने भएकाले भविष्यमा राष्ट्र पनि सहि दिशामा अघि बढ्न मदत पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए ।
सामाजिक सद्भाव कायम गर्न, सभ्य समाज निर्माणमा नेपाली सेनाले चालेको राम्रो पहल कदमी नै राष्ट्रिय सेवा दल भएको कार्यक्रमका सभापति समेत रहेका देवि दल गणका गणपति सुनिल मल्लले बताए । कार्यक्रममा विभिन्न नृत्य प्रदर्शन गरिनुका साथै गित कविता बाचन गरिएको थियो । कार्यक्रममा जिल्लाका एक सिनियर र ७ जुनियर तालिमबाट दिक्षित एनसिसि क्याडेटहरुको सहभागिताका साथै बुद्विजिवी, पत्रकार , विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समन्वय एसिसि आल्मुनाई एसोसेसन कञ्चनपुरकी जिल्ला निर्देशक हिमांसी थापाले गरेकी थिईन ।






